गजल -गयौ तिमी


गयौ तिमी छौ झै लाग्ने आभाष बाँकी छ !
मसानघाटमा रोक्ने यो सास बाँकी छ !!

हाँस्दै खेल्दै हामी डुल्ने पखेरो र चौर,
उजाड भए अब एक्लो बास बाँकी छ !!

हराए रहरहरु लुटिएछ खुशी,
भन्छन सबै जिउँदो यो लास बाँकी छ !!

जीवन् मरण सँगै भन्थ्यौ आजै टाढियौ,
कसरी काट्नु एक्लै कयौ मास बाँकी छ !!

4 comments:

  1. गजल झकास छ :)

    ReplyDelete
  2. जीवन् मरण सँगै भन्थ्यौ आजै टाढियौ,
    कसरी काट्नु एक्लै कयौ मास बाँकी छ !!

    राम्रो र'छ, एक शेर थमाएं मैले'नि

    फुले वैले हांगै भरी, मन्जरी र प्रसून
    फर्की आउछ भन्थे-मौसम,आश बाँकी छ ।

    ReplyDelete
  3. धन्यवाद रबिन्द्र जी :)
    ओहो मैले पैले किन लेखिन यो यस्तै शेर पो भन्न मन लाग्यो है मलाई त
    असाधै मन पराएँ कृष्णपक्ष जी धन्यवाद यहाँलाई यो सहयात्राको लागी :)

    ReplyDelete