गजल - जानै थ्यो त


जानै थ्यो त दैलो टेक्न, नआएको भए हुन्थ्यो !
पधेँरामा पछ्याउँदै, नधाएको भए हुन्थ्यो !!

जोड्नु अनी तोड्नु माया,खेल रै'छ तिम्रो लागि,
झुटै सहि तर माया, नलाएको भए हुन्थ्यो !!

बनाउँला आफ्नो भन्दै,मन दिएँ धोका पाएँ
सोच्छु आज बरु भेट्नै,नपाएको भए हुन्थ्यो !!

गर्यौ बाचा साथ दिने,कसम पनि खाथ्यौ त,
जानेरै झुटो कसम,नखाएको भए हुन्थ्यो !!

सँगै बाँच्ने हाँस्ने खेल्ने, रहर सबै अधुरा,
सपना झैँ यी आँखामा,नछाएको भए हुन्थ्यो !!

जानै थ्यो त दैलो टेक्न, नआएको भए हुन्थ्यो !
पधेँरामा पछ्याउँदै, नधाएको भए हुन्थ्यो !!   

1 comment:

  1. निकै राम्रो !
    अरु त थाहा भएन तर पहिलो शेरले मलाइ नै भने जस्तो लाग्यो -
    "जानै थ्यो त दैलो टेक्न, नआएको भए हुन्थ्यो !
    पधेँरामा पछ्याउँदै, नधाएको भए हुन्थ्यो !! "

    ReplyDelete