अस्तब्यस्ततामा एक दिन

आज सम्म कुनै पनि कुराले म यती धेरै बेर अल्मलिएकी थीइन, स्वभावैले अलिक हावादारी अनी छेउ न टुप्पाको कुरा गर्ने(सबैले यसै भन्छन के रे) मलाई गम्भिर भएर कुनै बिषयबस्तुको बारे सोच्नु भनेको कुन चराको नाउँ हो थाहै थिएन,कान्छी छोरी/बहिनी भएर कुनै कुराको जिम्मेवारी आज सम्म लिनु परेको छैन ! (स्वतन्त्रा अली धेरै नै छ भन्न खोजेकी ;) )
आज भयो के भने ''हाम्रो नेपाली समाजमा सामाजिक निती नियम या संस्कार छोरी मान्छेको लागि मात्रै बनाईएको हो कि झैँ लाग्छ घरीघरी :( :( ??'' यो बिहान आँफैले टुईट गरेको एक टुईट,  आँफैले टुईट गरेकी यो एक लाईनले आज दिनै भरी मनको भित्री कुनामा डेरा जमाई रहन सफल भयो । टुईट गरीएका अनी टुईटरमा भएका कुराहरु पट्टी खासै ध्यान नगर्ने म आज दिन भरी यही एउटै कुरामा अल्झिरहेँ, यो पहिलो पटक थियो कुनै कुराले मलाई यती गहिरो प्रभाव पारेको,त्यो पनि आफ्नै कुराले ;) खासमा यो टुईट कुन प्रसँगबस आयो भन्दा मेरो घर छेउमै अझ भर्खरी एस् एल सि पास् गरेकी एक बहिनी छिन्, तिनी र म प्राय: गफ्फिन रुचाउँछौ गफको बिषय  कोरियन सिरियल,हिन्दी फिल्म मात्रै हो । तर आज  हाम्रो कुराकानीको बिषय सिरियल र फिल्म बाट फुत्किएर freedom सम्म पुग्यो, तिनले भनिन '' दिदी जब कुनै केटा र केटीले एउटै सँगै घुम्छन, खान्छन, जिस्किन्छन एक आपसमा नजिकिन्छन, एक अर्कोलाई विश्वाश गर्छन् र कतीपयले शरीरिक सम्बन्ध पनि राख्लान तर जब यो कुरा कोही तेस्रो ब्यक्त्तिलाई थाहा भयो र त्यो तेस्रो पाउँने साथी पर्‍यो भने आफ्न ग्रुप, स्कुल क्याम्पस मा खुसुखुसु कुरा मात्रै काट्लान यदी घर परिवार र आफन्त भित्र यो कुरा थाहा भयो भने ति केटीको जिन्दगीमा कल्पनै गर्न नसकिने मोड आउँछ तर त्यहीँ उतिनै र उही सहभागि भएको केटा मान्छे अझै टाउको माथि माथि उठाएर आफ्ना साथीहरुलाई हो मैले तेल्लाई यसो गरेँ भन्दै हिँड्छ, यस्तो किन हुन्छ दिदी ??''  अहो !!  मैले त आज सम्म यी यस्ता कुराहरु सोचेकि नै रहेँनछु,जब बहिनिले मलाई सोधी तब पो म गहिरिए, त्यसैको प्रतिफल आजको दिन मनसिक रुपले अस्तब्यस्त, उसको कुरा सुनिसके पछी मैले त्यो(माथिको) टुईट गरेर उसलाई केही नभनी टियुमा हिजो भर्नाको काम त्यहाँको कर्मचारी बिदामा बस्नु भएकोले पुरा भएको थिएन त्यो काम सक्नु थियो,त्यहीँ सक्न एकान्तकुनामा किर्तिपुरको बस कुर्दै गर्दा पनि अवस्था उही रह्यो, सधैं त मोबाईलमा छानी छानी गीत सुन्थे बस यात्रामा आज त त्यो पनि ख्याल आएन, बस आउँदै नआएको हो या आएर पनि मेरो ध्यान बस भन्दा अन्त भएर थाहा नपा'की हो झन्डै चालिस मिनेट कुर्नु पर्‍यो बस पनि, बल्ल बस चढे अनी झस्किए कतै म आफ्नै सुरमा हुँदा बसले किर्तिपुरै नपुर्‍याओस यो सोच्दै खलासी भाईलाई भने भाई म टियु झर्ने है, रोकिदिनु त्यहीँ भने'' अरुहरु पनि झर्ने रहेँछन क्यारे टियु छेउमा, ''दिदी झर्ने भन्नुभा होइन खलासी भाईले मलाई चिच्यायो, हो त भन्दै झस्किदै उठेँ भाडा दिएँ, अनी खुरुखुरु विश्वबिद्यालय परिसरमा हिंड्न थाले, कल्यान्मल्याङ निक्कै थियो शायद नयाँ भर्ना को समय भएकोले हो या सधैं तेस्ताइ हो मलाई के पत्तो, मनमा अघिकै कुरो मनग्गे थियो खेलाउन त्यहीँ कुरो सोच्दै कुन बेला पुगेँ भर्ना गरेँ कुन बेला घर आएँ अनी बाटमा कोही साथी सँग भेट भा झै झ-झल्को पनि लाग्छ को थ्यो के कुरा भयो कुनै राम्रो याद छैन, न त बेहोसी न त होस् को दोसाधमा आज यि कामहरु पुर गरेँछु, अब साँझ पर्दै छ, यसले त म भित्र झन राम्रो सँग डेरा जमाई सकेको अवस्था...... हेरौ के के बिचार  उठ्छन ...

No comments:

Post a Comment