गजल (अपुरो भो गीत जिन्दगीको )

लेख्दा लेख्दै अपुरो भो गीत जिन्दगीको !!
देख्दा देख्दै टाढा भयो जित जिन्दगीको !! 
*
सहयात्री हुने आस् देखायौं पैले किन ?
गाँस्दा गाँस्दै किन छुट्यो प्रित जिन्दगीको !!
*
पर्खन्छौ थाहा थियो,फर्किन सकिँन मै,
मिलन् बिछोड यस्तै छ रित जिन्दगीको !!
*
पाईला मिलाई हिडौँ भन्दा कठिन् यात्रामा,
खोज्दा खोज्दै कहाँ छुट्यो मित जिन्दगीको !!
*
लेख्दा लेख्दै अपुरो भो गीत जिन्दगीको !!
देख्दा देख्दै टाढा भयो जित जिन्दगीको !!

2 comments: