गजल (गाउँको याद आयो)

आज फेरी त्यो गाउँको याद आयो 
भुलेको एउटा नाउँको याद आयो ।। 
*
पाखा,पखेरो,खेत र आलीहरु, 
जन्मी हुर्केको ठाउँको याद आयो ।।  
*
तोते बोली र कखरा सिकाउने, 
ती बुढा भा'का बाउको याद आयो ।।  
*
गोठालो लादाँ हानेर सताउने  
लाम्काने ठुलो माउको याद आयो ।।  
*
आज फेरी त्यो गाउँको याद आयो 
भुलेको एउटा नाउँको याद आयो ।।

1 comment:

  1. यस्तै हो हजुर सम्झना बिर्सना ..... नबिर्सिए राम्रो , होइन भने बेला बेला सम्झिए राम्रो !

    ReplyDelete