पर्खाइ


जब जब पृथ्वी र आकाशको संघारमा
सुर्यले टेक्छ,
उसै बेला उ त्यो पारीको डाँडामा
पिपलको मुन्तिर,
दूर देश देखी,
तिम्रो याद बोकी ल्याउने हावा पर्खन्छु।

हरेक गोधुली आशले भरिन्छ
कतै आज त्यो हावा आउला कि?
अविदित यात्रामा निस्किएको,
गन्तब्य थाहा नलागेको
अनी,
पटक पटकको रिक्त्तताले निरास,
यात्री झैँ  नभई
हर दिन उही समयमा
यी पाईला सधैं त्यहीँ पुग्छन,
तिनै हावाको आशमा ।

बिहानी प्रहर सँगै झस्किने
हर सपनीमा तिमी हुन्छौ,
तिमी निस्फिक्री सँग
एक झोक्का हावा पैचोँ लिएर
आफ्ना ति सुगन्ध पठाईदिनु,
तिमी त्यै हावा सँगै सर्वत्र फैलनु,
ताकी यो भागदौड,
अनी ,
खिचातानीको जिन्दगीबाट
म एक्कैछिन सुस्ताउन सकुँ,
तिम्रो सुगन्ध बोकी आएको हावा सँगै ।

प्रेमको प्राचिन मिठास बोकाई पठाउनु,
ताकी, तिम्रो नि:स्वार्थ प्रेमको तरलतामा
म चुर्लुम्ब डुब्न सकुँ,
चाँदनी रात झै आउनु यादमा,
जहाँ म आफ्नो सारा जीवन नियाल्न सकुँ,
जंगली फुल झै फक्रनेछु म तिम्रो सम्झनामा,
सहेर सारा ब्यवधानहरु ।।

नियती यो नहोस् कि,
तिम्रो पर्खाईमा उठ्ने यी कदमहरु,
टक्क अढियोस क्षणिक विलम्वले,
लछारपछार भई, निरिह हुँदै,
कालान्तर देखी साँचेको सपना
एकै पटक चक्नाचुर होउन,
कसैको एकै बोलिले
दिवास्वप्नाको नाममा ।।

2 comments:

  1. रुन्चे पिन्चे :)) केटाको लागि रोएर कविता लेख्ने :)) काले गए गोरे आउछ नि था'छैन ;)

    ReplyDelete
  2. म त रो'की थिन है लेख्ने बेलाँ :))

    ReplyDelete