आफ्नैले चोट दिन्छन,पराईको कुरै छोडौं,
रिक्त्तता नै सब थोक,भराईको कुरै छाडौं ।
जित्दै जानु तिमी सधैं फैलियोस यश,
चुक्छु सम्म नसोच है हराईको कुरै छोडौँ ।
पहाड तेरो हिमाल मेरो चुली कस्को भाग ?
हानाहानमा भित्रीमधेस,तराईको कुरै छोडौं ।
निसास्सो पो लाग्छ सम्झदैमा अचेल त,
बढ्ने नै हो महंगी त झराईको कुरै छोडौं ।
''तै रानी मै रानी कल्ले भर्ने पानी'' भा'छ,
सिन्को सम्म भाँचिन्न् काम गराईको कुरै छाडौं ।।
No comments:
Post a Comment