श्लोक,
दिनै गन्ने हो भने पनि तिमी म सँग टाढिएको तीन बर्ष भएछ । जुन दिन तिमी गयौ लाग्थ्यो बर्ष त परको कुरो मेरो त एक दिन पनि नबित्ने भयो तिमी बिना, तर समय किन रोकिन्थ्यो र उस्को त आफ्नै गती छ हामीले न पख भनेर पर्खिन्छ न चाडै जा भन्दैमा जान्छ। उ आफ्नै गतिमा निरन्तर हिड्यो । दिन हुँदै तिमी तिमी टाढिएको पनि तीन बर्ष पुग्यो अब त। अब हाम्रो फेरी भेट हुने भएको छ केही दिन पछी। बिछोडका पहिला दिनहरु भन्दा पर्खाईका यी दिनहरु अझै अत्याउने हुँदा रहेछन।
जुन दिन तिमीलाई बिदाईको हात हल्लाए त्यो दिन सोच्थे कसरी बित्लान यी दिन रातहरु। एक दुई तीन मात्र कहाँ हो र बर्षौ पो छ त है भन्दै टोलाउदै दिन रात काट्थे। आज दुई दिन भोली तीन दिन भनेर औँला भाँच्दा भाँच्दै त्यसै अत्यास लाग्थ्यो,सम्झथे अब यो जूनिलाई हाम्रो भेट त्यतिकै पो हुने हो कि ? भगवान सम्झन्थेँ कि ''हे भगवान श्लोकलाई नदेखी म नमरुँ है''। कयौ दिन रात बिताए तिमीलाई सम्झेरै अनी अब भेटे पछीका दिनहरुको कल्पनामा डुबुल्की मार्दै।
सानु,अब म आउँदै छु नि। तिमीले सुनाएको दिन म खुशीले रोएकी थिएँ। भगवानलाई लाख लाख धन्यवात दिएँ यसै जुनिमा तिमी सँग भेट गराईदिन लागेकामा। जुन दिन तिमीले मलाई आउने खबर सुनायो फेरी दिन गन्ती सुरु भैइहाल्यो मेरो । तिमीलाई थाहा छ मैले गन्ती थाल्दा ७६ दिन बाँकी थियो। मलाई लाग्थ्यो यो दिन एकै छिनमा बितोस र त्यो दिन चाडै आओस तर मैले हतर गरेर उ किन चाडै जान्थ्यो र उसको आफ्नै नियम जो छ। अब त निकै थोरै दिन बाँकी छ हामी भेट्न। कहाँ कुदुँ अनी कस्लाई सुनाउ झैँ भाको छ छ। हरेक मुस्कानयुक्त मेरै खुशीमा साथ दिएको जस्तो लाग्छ।
यी जाडोका लामा रातहरु तिमीलाई भेट्ने खुशीमा छर्लङै हुन्छन निद्राबिना नै । तिम्रो सामिप्यतामा पाउने न्यानोपनको आभाषमा मैले यो काठमन्डौको सजिलै काट्दै छु। ''सानु,तिमिलाई भेट्ने खुशीमा अचेल निद्रा र भोकै भुलेको छु, कुनै दु:ख अचेल,यो परदेशमा पनी जब जब एक्लो हुन्छु मुटु भित्र बसेकी तिमीलाई नियाल्छु र आफ्नोपनमा रमाउँछु। अब त छिट्टै आउँदै छु तिमीलाई भेट्न मेरो खुशीको सिमै छैन,जसरी यतिका बर्ष कुर्यौ अब अरु केही दिन कुर्नु हौ हिम्तम नहारी।'' तिम्रो यस्तो मेल पाउँदा थाहा छ म कती रोएँ सुख दु:ख मिसिएको रुवाई थियो त्यो शायद ।
यसै गरी बित्दै छ तिम्रो पर्खाइमा मेरा दिनहरु। तर जब जब भेटिने दिन नजिकिदै गरेको पर्खाईका यी अन्तिम दिनहरु असाध्यै लामा लाग्दा रहेँछन। अझ औँलामा गनिने दिन भएपछिको उकुसमुकुसता यी भोग्दै छु। तिमी खुशी खुशी आउनु म त्यहीँ पर्खने छु तिमीलाई जहाँ तिमीले मलाई तीन बर्ष पहिले छोडेर गएका थियौ।

त्यति लामो समयको पर्खाइ पछि पुनर्मिलन अबस्य पनि भयो होला...तपाई अनि तपाइको जोडी हृदयको...कथम्कदाचित नभएको भए कामना मेरो...!!!
ReplyDeleteऐले सम्म भको छैन क्यारे अब भयो भने हजुरको कामना लाग्यो भन्ने बुझुँला है। धन्यवाद
ReplyDelete