कविता


आमा,
त्यो पारि डाडाँ उता के छ?
त्यहाँ भन्दा पर ठुलो शहर छ,
नानु ठूली हुन्छे धेरै पढ्छे,
अनी एक दिन त्यै डाडोँ पारिको शहर जान्छे,
सानै छदाँ आमा भन्नुहुन्थ्यो।

म दंग पर्थे, गमक्क फुल्थे र
पल्लाघरे पोक्चिलाई भन्थे,
हेर, पोक्ची त्यो डाडाँ पारि शहर छ,
म ठूली भए'सी त्यै जाने रे,
मेरी आमाले भन्नुभा'को ।
आँखीभौँ उचाल्दै आश्चर्य मान्दै पोक्ची खुशी हुन्थी
र क्षणमै उदास,
मेरा बाले पठाउन्नन बाबै,
म जान पाउन्न त्यहाँ,
उदास हुँदै पोक्ची भन्थी।

त्यो डाडोँ नाघेरा शहर पस्ने दिन,
रातो टिका संगै खुशी र एक भारी पिर
अनी चिन्ता मेरी आमाको आँखामा थियो,
छोरीले अझै पढ्ने र गाउँमा उचों शिर हुने आशामा
बाबा गर्वले फर्‍याक फुरुक्क गर्दै हुनुहुन्थ्यो।

यो शहरमा आएर छोरीले आमाबाबाको रहर पुरा गरी,
गाउँमा उहाँहरुको मान पनि बढाई,
''उस्की जस्ती छोरी भए पो'' भन्दा
बाबाको छाती चौडिएको र हाँस्दै नसुने झैँ गरेको पनि देखी।
तर..........

यो शहरमा सधैं एक्लै रहीँ,
गुम्सियो उसको सास,
भेटिन उसले गाउँले मिजास,
पाईन स्वतन्त्र उड्न,
गाउँको  आफ्नोपनाले उसलाई कहिलै छोडेन,
त्यसैले,
आज गाउँकी चरी गाउँ मै फर्की
पुगेन उसलाई यो शहरको चौघेरोले।  

3 comments:

  1. निकै राम्रा शब्दका मालाहरु ! ज्यादै खुसि लग्यो पढन पाउदा ! एस्तो लाग्दछ यो कुनै बास्तबिकताको सेरो फेरोमा गुम्सियको छ ! कतै हजुरको आफ्नै वास्तविकता त् हैन सुमन जी ? धन्यवाद छ यहालाई यति सुन्दर कविताको लागि !

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. साँच्चै नै वास्तविक बाध्यताको एउटा ज्वलन्त उदाहरण!सुन्दर कविताको रूपमा !साहित्य मञ्जरी

    ReplyDelete