तिम्रो मेरो प्रेम कथा,

सधैं दुख्ने पाटो बन्यो तिम्रो मेरो प्रेम कथा,
नटुग्गिने बाटो बन्यो तिम्रो मेरो प्रेम कथा!!

प्रतिशोध पुरानै त्यो तिम्रो मनमा अटल रै छ,
फेर्यौ मलाई साटो बन्यो तिम्रो मेरो प्रेम कथा!!

दुनियाँ हो किन छोड्थ्यो थोरै ठाउँ पाए पछी,
नमेटिने टाटो बन्यो तिम्रो मेरो प्रेम कथा!!

चह्रयाउछन घाउ हरु मुटु माझ सधैं भरी,
उप्किरहने खाटो बन्यो तिम्रो मेरो प्रेम कथा!!

अग्लिएथ्यो माया सगर छुने अभिलाशामा,
भुई झार्ने भाटो भयो तिम्रो मेरो प्रेम कथा!!

गीत

आँखाहरु लुकाई-लुकाई अब हेर्ने बानी छोड,
एकान्तमा टोलाएर कुरा फेर्ने बानी छोड!!


झुटो अब नबोल भो भित्री मनै देखिसके,
कस्ता-कस्ता कुरा खेल्छन मनै मनले सुनिसके!!
शब्द हरु रोजी रोजी बोल्ने अब बनी छोड,
एकान्तमा टोलाएर कुरा फेर्ने बानी छोड!!


आत्मिक प्रेम गर्छौ भने भ्रम बेकारै भो,
ब्यक्त गर्न डराउने मन पनि के मन,
भो देख्दा मलाई ढुकढुकी बढाउने बानी छोड़,
एकान्तमा टोलाएर कुरा फेर्ने बानी छोड !!


आँखाहरु लुकाई-लुकाई अब हेर्ने बानी छोड,
एकान्तमा टोलाएर कुरा फेर्ने बानी छोड!!

म बाट भुल भयो

तिर्खा लाग्दा मेरो माया प्यास मेट्ने मुल भयो,
एका एकै भनी दियौ म बाट भुल भयो!!

छुट्यो साथ झर्यो रहर माया तिम्रो फेरिएर,
नचाहेरै मुटु माझ सधैं उठ्ने शुल भयो!!

भताभुङ पारी दियौ सजाएका सपनाहरु,
गोधुलिको एकान्त तिम्रो लागि हुल भयो!!

थियौ एक्लो खोला वारी दिए साथ मैले पनि,
बर्खे भेल पारी तर्न मेरै माया पुल भयो!!

पारदर्शी माया भन्थे मनले मन देख्ने,
किन आज तिम्रो माया निसस्सिने झुल भयो!!