गीत

आँखाहरु लुकाई-लुकाई अब हेर्ने बानी छोड,
एकान्तमा टोलाएर कुरा फेर्ने बानी छोड!!


झुटो अब नबोल भो भित्री मनै देखिसके,
कस्ता-कस्ता कुरा खेल्छन मनै मनले सुनिसके!!
शब्द हरु रोजी रोजी बोल्ने अब बनी छोड,
एकान्तमा टोलाएर कुरा फेर्ने बानी छोड!!


आत्मिक प्रेम गर्छौ भने भ्रम बेकारै भो,
ब्यक्त गर्न डराउने मन पनि के मन,
भो देख्दा मलाई ढुकढुकी बढाउने बानी छोड़,
एकान्तमा टोलाएर कुरा फेर्ने बानी छोड !!


आँखाहरु लुकाई-लुकाई अब हेर्ने बानी छोड,
एकान्तमा टोलाएर कुरा फेर्ने बानी छोड!!

No comments:

Post a Comment