म बाट भुल भयो

तिर्खा लाग्दा मेरो माया प्यास मेट्ने मुल भयो,
एका एकै भनी दियौ म बाट भुल भयो!!

छुट्यो साथ झर्यो रहर माया तिम्रो फेरिएर,
नचाहेरै मुटु माझ सधैं उठ्ने शुल भयो!!

भताभुङ पारी दियौ सजाएका सपनाहरु,
गोधुलिको एकान्त तिम्रो लागि हुल भयो!!

थियौ एक्लो खोला वारी दिए साथ मैले पनि,
बर्खे भेल पारी तर्न मेरै माया पुल भयो!!

पारदर्शी माया भन्थे मनले मन देख्ने,
किन आज तिम्रो माया निसस्सिने झुल भयो!!

No comments:

Post a Comment