पर्खदै छु

हरेक उषा
हरेक गोधुलीले
एक झोक्का बतास
सुस्तरी
मन्द मन्द
मलाई छुदै
तिम्रै याद
तिम्रै झझल्को
सँगै
ती सुखद हामीले भोगेका
देखेका
अनी,
कल्पना गरेको सुन्दर संसारको
प्यास बढाउन
मलाई पठाउँछ !
ति झोक्का
मलाई छुँदै जान्छन,
अनी,
तिम्रा याद छरपस्ट छर्दै जान्छन,
निक्कै टाढा
त्यो क्षितिज भन्दा पनि !
म सोच्दछु,
ति झोक्कले तिमीलाई भेट्लान
मेरो हाल सुनाउलान !
र ,
तिमी त्यसै सँग आउँने छौ
अनी,
मेरो पर्खाइले पूर्णता पाउला !
यस्तै यस्तै...
सम्झना अनी कल्पनामा
आँफैलाई हराउँदै
तिनै रहर माझ आफुलाई नियाल्दै
हरेक उषा सँगै
अनी,
हरेक गोधुली सँगै
तिमीलाई पर्खदै छु,
बाटो हेर्दै छु !!!

दोष कस्लाई दिने ?


चाहेर पनि
नचाहे जस्तै,
देखेरै पनि
नदेखे जस्तो,
आफ्नै मन मारेर
पल पल जिउदै
अनी ,
पल पलमा मर्दै
रहरका कुरा त खै के गर्नु र?
मेरा रहर,
अनी,सपनाहरु
छरपस्ट पारेर
धेरै पहिले नै छरिसकेको छु
त्यो खाली चौर भरी
एक मुठी निला फूलहरुको साथमा !
दोष कस्लाई दिने ?
तिमीलाई
कि,
मलाई
या यो समयलाई
जस्ले पटक्कै बुझ्दैन
वा,
बुझ्न चाहँदैन
कि,
बुझेर पनि अबुझ बन्छ?
तिम्रो रहर
मेरो सपना
अनी,
हाम्रो भविष्य !!

नफर्कने गरी

धेरै अघी
समयको पञ्जामा परेर
अनवरत खाएका झाप्पड
सँगै
शिथिल भएको
म अनी मेरो हाँसो
अब फेरी
कहिले फर्कने हो
कुनै ठेगान छैन.
तिम्रो हाँसो
तिम्रो खुशी
अनी तिम्रै ईच्छा अनुरुप
त्यो बेला
जनाजानी
समयलाई आफु
अनी,
आफ्ना खुशीहरु
बली दिए
अफशोच
आज फेरी खोज्यौ
तर
अब कहाँ पाउँनु
ति त निक्कै
टाढा भईसके
जब,
तिमीले महशुस गर्यौ
त्यो भन्दा पहिले नै
अब फेरी नफर्कने गरी...