गजल

म दु:खी हुँदा पनि हाँसिदिन्छु...
म आसुँ झर्दा पनि नाचिदिन्छु...
जीवन त्यागी मर्ने त धेरै छन्...
म विषै पिएर पनि बाँचिदिन्छु...
साटेर जीवन बाँचेको  पनि देखें...
म तिम्रै नाममा जुनी साँचिदिन्छु...
झुठको छ कि डर त्यो मनमा कतै...
म कस्तो रहेछ भनी जाँचिदिन्छु....
'सामिप्य' पाएँ आज एक्लो 'सुमन'.....
म पातै सहितको हाँगो भाँचिदिन्छु ....

2 comments:

  1. मन प-यो यो गजल! प्रतीकहरुको प्रयोग नयाँ लाग्यो र गेयात्मकता पनि टन्न छ।

    ReplyDelete
  2. Ramro gajal lagyo Manle mandai manena tyetikai farkera jan ani....... subhakamana ka 2 sabda lekhidiye..

    Manoj Mansun

    ReplyDelete