आज फेरी त्यो गाँउ को याद आयो

आज फेरी त्यो गाँउ को याद आयो ...
जन्मी हुर्केको ठाउँ को याद आयो ...

पाखा र पखेरा लडेर लागेका ती ....
पुराना तिनै घाऊ को याद आयो ...

तोते बोली र कखरा सिकाउने ......
ति बुढा भा'का बाउ को याद आयो .....

गोठालो जाँदा हानेर सताउने ....
लाम्काने ठुलो माउ को याद आयो ......

सुमन मञ्जरी

2 comments:

  1. wow nice!!आज फेरी त्यो गाँउ को याद आयो .

    ReplyDelete
  2. मलाई त याद आको छैन बाइ !

    ReplyDelete