गजल ''आगो बिना मन मुटु''


 आगो बिना मन मुटु, जलाउँदै छु अचेल !
आफ्नै लास चिता माथि, ढलाउँदै छु अचेल !!

अपसकुन ठान्छन, देखिदैँमा आफन्तले...
यै दुनियाँ माझ आँफु, छलाउँदै छु अचेल !!

सहयात्री छुटे कतै, नभेट्दैमा गन्तब्य त्यो ...
जस्तो तसो यात्रा आफ्नो, चलाउँदै छु अचेल !!

बेअर्थीकै नमुना भो,अस्त्तित्त्वनै के रह्यो खै ?
बेमौसमी पलुवा झैँ,पलाउँदै छु अचेल !!


1 comment:

  1. गजप, अझ गजप हुने ठाउँ देखेँ है मैले त। मतला ले सार्हो हानेर होला :)

    ReplyDelete