कथा ''भोगाई''

            ''म अहिले नै बिहे गर्दिन भनेर कति पटक भन्नुपर्छ तपाईहरुलाई..'' केहि झर्काई अनि केहि दिक्दारी  मा उस्ले भन्यो
        भर्खरै बि.ए पास गरेको ऊ, आफ्नो भविष्य कता अनि कसरी खोज्ने भनेर निक्कै चिन्तित हुन्छ बेला बखत मात्रै होइन त सधैं टोलाईरहेको मात्रै भेटिन्छ 
    आमा बाबुको एक्लो छोरो, एउटी दिदीको प्यारो भाई, अनि एउटी बहिनीको प्यारो दाजु , जम्मा पाँच  जनाको परिवार, बाबु कुनै सरकारी कार्यालयको हाकिम, घर परिवारको सम्पूर्ण पक्षको ख्याल गर्ने गृहिणी  आमा, अनि पढाईमा  लागेका दिदी बहिनी र उ..परिवार पूर्ण थियो हराभरा थियो।  बाल्यकाल बाटै अभाव के हो ? उस्ले कहिले भोग्नु परेंन,, स्कुलको पढाई सकेर क्याम्पस पढ्नको लागि बाबु आमाले उसलाई राजधानी नै पठाए, दिदीको बिहे भईसकेको र बहिनीले पनि स्कुलको पढाई पुरा गरेकीले दाजुको लागि साथी एक बर्ष पछी बहिनी भई, बहिनीलाई कुनै नर्सिंग क्याम्पस अनी आफ्नो लागि साधारण क्याम्पस नै रोजिसकेको थियोउसले ,समयले गती लीइनै रह्यो, केहि समय पछी बिहानीको क्याम्पस सकेर उ दिउँस  एउटा अफिसमा काम गर्न थाल्यो.. समय न हो,समय आफ्नै गतिमा चल्दै थियो, उसकी बहिनीले नर्सिंग को पढाई पनि सकी,दाजुको एक्लोपन तोड्ने बहिनी अनी बहिनीको सम्पूर्णता भनेकै दाजु  भएर चल्दै गरेको उसको जीवनमा तब एक्लोपनले ठाउँ पाउँन थाल्यो, जब बहिनीको बिहे भयो,,,, आखिर जीवन  जिउँनै पर्छ,मान्छे न हो बानी लाग्छ,एक्लोपनलाई नै साथी बनाउँदै, एकान्तमै रमाउँदै अनि रुन सिक्दै, पढाई अनि अफिस... यसै गरि चल्न थाल्यो उसको जीवन 
  बुबाको जागिरको सरुवा मिलाएर अहिले झन्डै एक बर्ष देखि उ, आमा बुवा सँगै  राजधानी बस्दै छ उ, पुरानो अफिस छोडेर भर्खरै मात्र एउटा गैर सरकारी संस्थामा उसले नयाँ काम थालेको छ, सानो परिवार सुखी नै देखिन्छ, बिहे भएका दिदी बहिनी पनि आ आफ्नै परिवार सहित राजधानी मै भएकाले र नाताका दाजुभाई पनि धेरै त्यहिँ भएकोले गाउँ घर छोडेकोमा खासै दुखेसो पनि थिएन  उनीहरुलाई 
   'बाबु अब त बिहे गर, बेला पनि त भयो' उसकी आमाले उसलाई बिगत एक बर्ष देखि सुनाउँदै आएको यो कुरा ले नै होला, आमा बावु सँगै भएकोमा सबै कुरामा सहजता महशुस भए पनि  यहि एउटा कुरामा भने उसलाई दिक्दारी लाग्थ्यो.. कहिले के कहिले के भनेर सधै टार्दै आउँथ्यो 
    ''उफ !!  यो कस्तो जीवन भोगाई '' धेरै जसो एक्लै एकान्तमा हुँदा उ आँफैमा फुस्फुसाउँछ पनि ...
आमा बुवा सँगै अब त नजिक का आफन्त पनि '' होइन अझै बिहे गर्दैनस'' भनेर भेट भयो कि सोधिहाल्थे, कहिले के कहिले के अनि कहिले चुपचाप बसेरै टार्थ्यो 
 '' यदि कोहि कसैलाई जीवनभरी साथ दिने आशा देखाएको छस भने पनि हामीलाई केहि आपत्ति छैन, उसै सँग जीवन बिता' तेरो आफ्नो जीवन हो, अब हामी केहि भन्दैनौ, भएको एउटा छोरो, त्यै पनि......... तर हेर एक्लै जीवन बिताउछु सोचेको छस भने आजै बाट त्यो सोचाई छोड बाबु, जीवन धेरै लामो छ, एक दूइ दिन र महिना अनि बर्ष मात्रै होइन बर्षौ बर्ष छ '' एक दिन साँझ  अफिस बाट फर्केर खाजा खादै गरेको मौका छोपी आमाले उसलाई सुनाउनु भयो 
    '' भने त दूई तीन  बर्ष मलाई समय दिनुहोस, अनि तपईहरुले जो सँग जहिले जहाँ भन्नुहुन्छ  म बिहे गर्छु  कोहि कसैलाई आशा देखाएको छैन मैले, सधैं कती एकै कुरा'' झिजो मान्दै सधैं को झैँ  उसले आमालाई भन्यो । 
''सधै यस्तै भन्छ, भगवान जानुन, खै कुन्नि के छ यो केटोको मनमा, सक्दिन म यसलाई सम्झाउँन '' एक्लै गन्थनाउदै आमा साँझको घर धन्दामा लागे पछी उ सुटुक्क आँफै सँग भन्छ  '' आमा यो केटोको मनमा त्यस्तो केहि छैन, बाहेक सानु.... तर............ तपाई बुझ्नु हुन्न आमा, अनि बुझेर पनि के गर्नु हुन्छ तपाई ? यो तपाईको छोरो अब त जीवन देखि नै हार मान्दै छ, आफ्नै आँखा आगाडी आफ्नो खुशी कोहि कसैको साथ लाग्दा पनि निरिह भएर चुपचाप हेरेर मात्रै बस्छ, एक कदम अगाडी बढेर जीवन सधै उज्ज्यालो तर्फ मोड्नु साटो. सधैलाई अँध्यारो रोजेर आएको छ आज....'' आँखा भरि टम्म आँशु भरिएको थाहा पाए पछी सम्हालिदै त्यहाँ बाट उठेर आफ्नो कोठा तिर लाग्छ, डायरी खोज्छ, लेखेर छोडेको ठाउँ बाट पुन लेख्न थाल्छ...
                   सानु, यो एक्लोपनले मलाई ज्यादै सताउँदै छ, अब को सारा जीवन एक्लै बिताउनु पर्ने म आजै आत्तिदै छु,अत्त्यास अनी निसास्सो लाग्छ जीवन देखी, तिमीले आफ्नो अन्तिम पाईलो मोड्दा सम्म मैले तिम्रा आँखामा देखेको आशाले अहिले सम्म मलाई चिथोर्दै छ तर मैले...... कठै ! कति दुख्यो होला तिम्रो त्यो मन, अनि मेरो मौनता देखेर के सोच्यौ खै कुन्नि मेरो बारे, सानु, तिम्रो माया नभएर अनि सँगै जीवन जिउने चाह नभएर तिम्रो पाईलो नफर्काएको त पक्कै होइन मैले, तिमी सँग कुनै कुरा लुकेका पनि त छैनन, मेरा सबै यथार्थताहरु त तिमीलाई थाहै छ, यो मेरो दुनियाँमा तिमीलाई ल्याएर तिम्रो जीवन बर्बाद पार्नु भन्दा तिमीलाई त्यतै आवाद भएको देख्न चाह्यो यो मन...  हुनत तिमीले भन्थ्यौ ''जस्तै दुख परे पनि सँगै झेलौँला'', मलाई पनि लाग्थ्यो  हो सकिन्छ, अनि जस्तै दुख पनि तिम्रो साथ मा हाँसेरै भोग्छु भन्ने बिश्वास थियो र पनि.......... उफ ! यो घर परिवार, नाता सम्बन्ध.... यी सबले सधैभरी कटु बचन बोल्दा ति आँखा भिज्लान तिम्रा,मैले नदेख्ने गरी सुटुक्क आसुँ लुकाउल्यौ तिमीले , म कसरी सहन सक्थे त्यो सब... हुन त यो सब भनेर म परिस्थिति अनि समस्या सँग भाग्न खोजेको पक्कै होइन र पनि अब हिम्मत छैन सानु म मा यी सब भोग्ने... भेटमा मुखले ठिक्क पार्ने अनि पिठ्यु पछी छुरा घोप्ने मेरा आफ्ना भनौदाहरुबाट तिमीलाई बचाउन सक्दिन म  सानु, त्यसैले त......
       थाहा छैन आगामी दिनहरु के कस्ता आउँलान, तिमीलाई भुल्न त असम्भव नै छ अनि भुल्ने कोशिस पनि गर्ने छैन, भन्छन आगत भन्दा बिगत बलवान हुन्छ, बिगत बाट हामी क्यै गरे पनि उम्किन सक्दैनौ,,,, त्यसैले त ति पलहरु जति मैले तिमी सँग बिताए ति सधैंब मेरा नितान्त निजि हुँन, म जब चाहुँ आफ्नो बिगत पल्टाएर आगतलाई भुलाउँन सक्छु... तिम्रो कुनै दोष छैन, तिमीले सधै मलाई आफ्नै ठान्यौ, साँचो माया दियौ, सानो परिवार मा हुर्केर कुनै कुराको अभाव नझेलेको मैले तिमीलाई जब पाएँ अनी  यस्तो लाग्यो मायाको सधै अभाव थियो मलाई, त्यो आफ्नोपनको अभावमा म थिएँ, जसको खोजी मेरो अन्तर मनैले सधै गर्थ्यो, आफनत्व अनि मायाको साँचो अनुभव तिमीबाट पाएँ र पनि  ... भाग्य मेरै उस्तो  तिमीलाई  सधै सँगै राख्न सकिन,,, यो दुनियाँ को बनावटीपन तब मेरा सामु एका एक देखिन थाले जब तिम्रो सच्चाई देखे,,, तिमी सधैं यो मनमा सुरक्षित छ्यौ , तिमी म भित्र छ्यौ र पो यो  न्यानोपनको आभाष छ,,,, तर भौगोलिक  दुरीको हिसाबले त  अब त तिमी धेरै टाढा पुग्यौ म भन्दा, म कति निरिह यहाँनेर किनकि  मैले तिमीलाई रोक्न पनि सक्थे अनि आफुलाई तिमी सँगै कोशौ टाढा पुगाउन पनि, र पनि मैले केहि गरिन... खै केले रोक्यो मलाई त्यो बेला... रोक्यो सायद , म भित्र लुकेको त्यो सोच जुन यो समाजले आफु अनुकुल पारेर सानैमा छोडेको थियो...तर सधैं मन भित्रै रह्यौ अनी रहन्छ्यौ... सानु सम्हाल्ने तिमी थियौ र म सम्हालिन्थे, खोज्ने तिमी थियौ र पो म हराउँदिन  थिएँ,कतै तिमीलाई नहराउँ म सचेत थिएँ किनकी तिमी म सँग थियौ , तर अब न त म सँग होस् छ न त तिमी हराउने डर नै.... जब सम्म सम्झनामा तिमी हुन्छ्यौ आफुलाई  जीवित रहेको ठान्ने  छु, यिनै पानाहरु भरिनेछ, तिम्रो यादले अनि यी आँखाहरु, यी दुई बाहेक भरिने र पोखिने कतै ठाउँ  छैन, कल्पनामै किन नहोस् तिमी म सम्म आउँदा... तिमीलाई सम्झनु, एक्लै टोलाउनु, अनि आफुलाई आफै भित्र कैद गरेर दुनियाँको नजरमा बेमतलबी देखिनु भन्दा अरु खै के नै छ र अब, जुन आँशु तिमीले देखेकी छौ, तिमीले मात्र देख्न पाउनु पर्छ, अरुलाई कदापि देखाउँने छैन, रुखो नै किन नहोस हाँसो छर्नेछु नि यो दुनियाँ माझ, तिमीले देखेकी यो मन अरु कसैले देख्न पाउँने छैन सानु,,,,,
  '' ए बाबु आईज है खाना खान सेलाउँछ अहिले'' एक्कासि आएको आमाको आवाजले उसको मनबाट सानु एका एक अलप भई, साँझको एकान्तता खल्बलियो, कल्पनाको  संसार उत्रिएर यथार्थतामा बिझायो,,,, ''खुईय्य्य्य...'' एउटा लामो निस्सारताको स्वास लिदै  आफ्नी सानुको लागि सायद आजको अन्तिम लेखाई लेख्यो .... 'आजलाई बिदा सानु, फेरी भेट्ने छु, यहि... यसै गरि.... मलाई पर्खिरहनु है....'
               घरक्क आफ्नो कोठाको ढोका तानेर भान्सामा अलप भयो उ....
  

1 comment:

  1. कथामा मुख्य पात्रले सानु - लाइ आफु बाट टाढा पाउनु पक्कै पनि मनको कुरा मनमै गुम्स्याएकाले हुन् सक्छ जस्तो लाग्यो - सायद ! आफ्ना कुरा हरुलाई लिएर त्यति खुल्लन नसक्ने मानिसहरुको मनोवृति प्रस्तुत गर्ने कोसिस गर्नु भएको रहेछ -सुमन जी !
    तर मलाइ चाही तपाइले कथामा कता कता कुराहरु लुकाएर खुलाउन नचाहनु भएको हो या केहि कुराहरु नखुलाएरै प्रस्तुत गर्नु राम्रो ठानु भएको हो जस्तो लाग्यो !

    ReplyDelete