''बिहेमा बेहुली त प्राय: सबै रुन्छिन नै, कारण आफ्नो जन्मघर,अनी आफन्त चटक्कै छोडेर पराई घर जादाँ त्यहाँ के कस्तो बातावरण हुने हो भन्ने चिन्ता हुनु स्वाभविकै पनि हो। तर कुनै बेहुलो मण्डपमा घरिघरी रुन्छ भने त्यहाँ पक्कै केही न केही कारण त हुन्छ नै त्यस्तो के कारण थियो होला ??'' तिम्रो बिहेको जन्ती गएर आएकी साथीले यो सुनाईरहँदा मैले आसुँ रोक्न साह्रै गाह्रो भएको थियो। त्यो दिन तिम्रो बिहे हुँदै थियो, हाम्रो सम्बन्धमा पूर्णविराम लाग्दै थियो भने तिम्रो नयाँ जीवन शुरु हुँदै थियो,एक मन म खुशी नै थिए, तिम्रो पारिवारिक जीवन सुरुवात भएकोमा भने आफु एक्लिएकीमा दुखी पनि थिए। तुलना नै गर्ने हो भने तिम्रो बिहेले म खुशी भन्दा ज्यादा दुखी थिए। म सोच्थे तिमी म बाट सजिलै छुट्टीन सक्लाउ, बिहे पछीका दिनहरुमा म तिमीलाई याद नआउ भनेर तिम्रो बिहे भन्दा निक्कै पहिले बाटै म तिमी सँग टाढिसकेकी थिए,तर छुट्टीनुको पिडा त तिमीलाई पनि छदैँथियो ।
तिम्रो बिहेमा मलाई सहभागी हुने आँटै भएन, म सहभागी नहुँने कुरा त पहिले नै तिमीलाई भनेकी थिए,यो सुन्दा तिमी मात्र भाव शुन्य भएर मलाई हेर्दै थियौ, तिमीले अरु कसैको सिउँदो भरेको हेर्ने आँट म मा छदै थिएन,त्यसैले म सहभागी भईन, तिमीले मेरो यो भाव बुझ्यौ या मलाई वरपर पाउँदा तिमीले पनि आफुलाई सम्हाल्न सक्दिन सोचेर मलाई आउँन कर गरेनौ या यो दुबै कुरा आ-आफ्नो ठाउँ मा ठिकै छन् मैले भेउ लगाएकी थीइन तर आज सम्झदाँ लाग्छ यि दुबै सत्य हुन् । म सँग छुट्नुको पिडा तिमीलाई पनि ताजै थियो,तिम्रो पनि अहिलाई बिहे गर्ने मन थिएन यो मलाई राम्रै थाहा छ र पनि नियती यस्तो आयो कि तिमीले बिहे गर्नै पर्यो, यो बिहे बाट तिमी खुशी छैनौ मलाई थाहा छ र पनि मैले टुलुटुलु हेर्न बाहेक केही गर्न सकिन।
नयाँ कोहीँ अपनाउन पक्कै पनि सहज थिएन तिमीलाई,तिम्रो उदासीले मलाई नछोएको कहाँ थियो र ? तर पनि मैले तत्काल तिम्रो सामु आएर त्यो उदासी हटाउनु भन्दा तिमीलाई एक्लै आफुले आँफैलाई सम्हाल्ने समय कुर्दै टाढा बाट तिमीलाई नियाल्दै बसेँ, सयौ जन्ती,बाजागाजा,नाच रमिता भन्दा कती हो कती पर तिमी हराईरहेँका जस्ता देखिन्थ्यौ रे बिहेको दिन, सबैको माझमा भएर पनि एक्लो एक्लो देखिन्थ्यो रे, विवाहको रित पुर्याउन गर्नु पर्ने कयौ कृयाकलापमा तिम्रो ध्यान थिएन रे,एकाध पटक त पण्डितले तिमीलाई कोट्याएरै बोलाउँदै सबै बिधीहरु पुरा गर्नु परेको थियो रे । यो सबै सुन्दा पेखेटा हालेर अहिलै तुरुन्तै तिमी सम्म पुगेर त्यो अँगालो दिउ झै लाग्यो, जहाँ तिमी आफुलाई सबै तिर बार सुखी अनी खुशी ठान्थ्यौ, जसको खोजी तिमीलाई रात साँझ सधैं हुन्थ्यो, त्यहीँ कयौ आफ्ना पिर,बिरह अनी खुशी म सँग साट्थ्यौ अनी अन्तत:एक दिन यहीँ आफ्नो बिहेको कुरा सुनाएको थियौ.....तर आवेशमा आएर कहाँ हुन्थ्यो र मैले ?? तिमी त पुरा अधिकारिक रुपमा दुनियाँ साक्षी राखेरै अरुको भईसकेका थियौ । तिम्रो र मेरो मनको सम्बन्ध यो दुनियाँले कती पनि बुझ्दैनन,यो समाज हाम्रो यो सम्बन्धलाई बद्नामी बाहेक केही दिदैन ।
मैले त बरु एक्लै बाँच्ने बिकल्प रोजे तिमीले त त्यो पनि पाएनौँ, समय सँगै तिम्रो म बाट छुट्नु परेको घाऊ पुरिँदै जाओस अनी तिमीले आफ्नो म बिनाको नयाँ जीवनको सुरुवात गर्नु जहाँ टाढाटाढा सम्म पनि मेरो उपस्थितीको आवाष नहोस् तिमीलाई । टाढै बाट तिम्रो त्यो खुशी नियाल्ने छु र पनि यो मेरो मनको कुना कुना तिम्रो उपस्थिती बिना खाली खाली रहने छ जहाँ तिम्रै याद अनी हाम्रो अतितको सुमधुर भेटघाटको झ-झल्को भर्ने छु......
सुमनमञ्जरी,
ReplyDeleteअरूको खुसीका लागी तपार्इ कति सम्म सोच्नुहुँदोरहेछ, मलार्इ अचम्म लाग्छ । तपार्इलार्इ स्वाभाविक लाग्छ होला, सामान्य लाग्छ होला । अन्तिम अनुच्छेदमा उल्लेखित लाइन,
'म बिनाको नयाँ जीवनको सुरुवात गर्नु जहाँ टाढाटाढा सम्म पनि मेरो उपस्थितीको आवाष नहोस् तिमीलाई ।'
आफु एक्लिएर पनि अरूलार्इ खुसि दिनुमा जीवनको अर्थ खोज्ने तपार्इको विचार प्रेरणादायि लाग्छ ।
(info@nraule.com.np)
आफुले साँच्चै माया गरेको मान्छे खुशी छ भने आफु एक्लै किन नहोस् र पनि खुशी लाग्दोरहेछ । सोच्दा काल्पनिक लागे पनि भोगाई यही हुने रे'छ ...
ReplyDeleteआहा कति राम्रो छ लेख :) '
ReplyDelete''एस्तो लेख्न हाम्लाई पनि सिकम्ना परो हामी पनि ब्लग लेख्न थाल्नु परो''
धेरै धन्नेबात छ है गाम्ले :)
ReplyDeleteलेखम न लेखम लेख्न थाले'सी आँफै आम्छ क्या यस्ता गन्थन त :)