गन्थन ३

    जसको माया अनी साथको आवश्यकता थियो,उसैले आफ्नो बाध्यता अनी बिभिन्न कारण देखाएर म बाट छुट्टीने बाहाना खोज्यो, यो कस्तो भाग्य मेरो? तिमी त गयौ भुल्यौ, तर खै किन मैले हाम्रो अतितको एक पाना सम्म पनि भुल्न सकिन या भुल्न चाहिन आँफै अलमल्लमा छु, तिमीले नाता तोड्यौ, तिमीले अर्को साथ रोज्यौ, हुने सम्मको पिडा पनि दियौ, तिमी भनेर मरिहत्ते गर्ने म तर तिमीले एक पटक सम्म पनि सोचेनौ कि तिमी बिनाको जीवन बाँच्न मलाई कती कठिन हुन्थ्यो ? यदी सोचेका थियौ भने त पक्कै यसरी छोड्ने थिएनौ कि झैँ लाग्छ, हुन त मान्छेको मन पलभरमै फेरिन्छ भन्छन् शायद तिम्रो मन फेरियो जुन मनमा मलाई राख्थ्यौ हिजो सम्म आज अरु कोही छ, के थाहा र भोली  अरु कोही नहोला भन्ने.... क्षणभरलाई नै सहि र पनि तिमीले मलाई माया त गर्थ्यौ,यस्तो माया जुन मायाको लागि मैले आफ्नो घरपरिवार,छिमेकी अनि आफन्त सबैलाई छोड्न सक्थे, तिमीलाई नै आफ्नो दुनियाँ मानेकी थिए,तिमि भन्दा पर मेरो कुनै अर्को संसार थिएन तर आज तिमि नै मेरो छैनौ, तिमीले मलाई छोड्नु तिम्रो बाध्यता साच्चै बाध्यता थियो या म सँग टाढिने बाहाना मात्र त्यो त तिमिलाई नै थाहा होला, तिमीले जान्छु भन्यौ मैले चुपचाप बाटो छोदिदिएँ,  तिमि गएको चुपचाप हेरे मात्रै कारण तिम्रो खुशी खोस्नु मेरो उदेश्य कहिले पनि थिएन अनि छैन पनि... हामीले मिलेर हाम्रो जीवनको जुन भावी योजना बनाएका थियौ,अनि त्यसको कल्पनामा जसरि हामी हराउथ्यौ सायद अब तिमीलाई त्यो खुशी अनि सुख म सँग जीवन जिउदा नभई अरु कसै सँग मिल्ने आवाष भयो होला र त म बाट सजिलै छुट्टीएर गयौ... छुट्टीएर त गयौ तर त्यस पछीको एक्लोपनको पिडा पनि तिमीलाई भएन यदि मलाई झैँ छटपटी हुन्थ्यो भने तिमि म सम्म आउन सक्थ्यौ तर म त तिमि सम्म जान पनि सकिन तिमीले बाटो यसरी बार्र्यौ कि न त म आउन सक्थे तिमि सम्म न तिमीले फर्किन चाह्यौ....
 तिमीले त रोजेको जीवन पायौ, खुशी होलाउ सायद यहि सम्झेर मन बाँधेकी छु मैले पनि...तिमि सँग हुँदा पनि मैले तिम्रो खुशी बाहेक अरु सोचेकी थिईन र अहिले पनि सोचेकी छैन,मेरो साथमा नभएर के भयो त जसको साथमा छौ उ सँग सुखी छौ होला.... मेरा त दिन त्यसै त्यसै बित्दैछन्, घरपरिवार माझ एक्लो हुनु, निरस निरस भएर दिन जसो तसो काट्नु, मन नहुदा नहुँदै पनि तिमीलाई सम्झेर केहि आँशु बगाउनु,दुनियाँ देखि आफैलाई लुकाउनु...यस्तै बित्दैछन मेरा दिनहरु ... खुशी फेरी फर्की आउने त आशै छैन र पनि खै किन बाँच्नु पर्दै छ थाहै छैन.... जिन्दगी देखि हार मानिसके अब त.... तिमीले झैँ अरु कसैलाई अँगाल्न सकेकी भए पनि आज तिम्रै यादमा यसरी बस्ने थिईन होला, तिमीले मलाई छोडनु तिम्रो भुल हो पक्कै थिएन होला तिमीले झै अरुलाई अँगाल्न नसक्नु मेरै दोष हो। तर तिम्रो माया कसरी म अरु सँग दाँज्न सक्छु,जहाँ तिमीलाई राखे त्यहाँ अर्को कोहीँ कसरी राखुँ अँह म सक्दिन बरु जीवन एक्लै किन नबितोस तर... अरु कोहीँ यो मनले स्विकार गर्दैन बरु यही एक्लोपन प्यारो छ मलाई..मायामा पागल भए भन्नेहरु देख्दा सुन्दा अचम्म लाग्थ्यो त्यो बेला जुन बेला तिमी हरपल मेरै सामु हुन्थ्यौ। आज त्यो पिडा आँफैले भोग्नु पर्दा ति सबै एक एक सम्झदै छु...
हुन त जीवन भरी कोहीँ कसैको साथ दिन सक्दैन र पनि तिमी सँग अती छिट्टै छुट्नु पर्ला यो शायद मेरो कल्पना भन्दा बहिरको कुरा थियो,त्यसले यो यथार्थता स्विकार गर्न गाह्रो हुँदैछ र पनि यथार्थता अब फेरिन्न, त्यसैले चुपचाप हुनु बाहेक अरु कुनै बिकल्प पनि त छौं म सँग ....
 तिमी सदा सुखी अनी खुशी रहनु,तिमिले मलाई धोका दियौ मैले चुपचाप सहेँ तर तिमीलाई कहिलै धोका नहोस्...

2 comments:

  1. 'जहाँ तिमीलाई राखे त्यहाँ अर्को कोहीँ कसरी राखुँ अँह म सक्दिन बरु जीवन एक्लै किन नबितोस तर... अरु कोहीँ यो मनले स्विकार गर्दैन बरु यही एक्लोपन प्यारो छ मलाई '

    हो,सुमनमञ्जरी तपार्इले एक्लै बस्ने गरेको यो निर्णय महान छ । त्यत्तिकै चुनैातिपुर्ण पनि । अर्को पक्ष त तपार्इले 'कसैलार्इ'दिएको चोखो माया, प्रेम झल्किन्छ । साँच्चिकै तपार्इको समपर्ण मलार्इ महान लाग्छ । जो मानिसहरूको यो भिडमा कहिं कतै पाउन मुस्किल मुस्किल छ । असम्भ छ । कल्पना भन्दा बाहिर छ । सलाम तपार्इको त्यागलार्इ ।

    ReplyDelete
  2. जीवन जिउदै भोग्दै जाँदा कोही यस्तो मान्छे भेटियो जसलाई माया नगर्नु असम्भव थियो। सहयात्रा त्यहीँ बाट सुरु भयो
    अनी त्यहीँ जीवन जिउदै जादाँ एक अर्को मोड आयो जहाँ नियतीले उसलाई अरु कसैको बनायो...
    एक पटक साटेको मन पटक पटक साट्न कहाँ सकिदो रहेँछ र,बरु उही याद अनी एक्लोपन स्विकार्य छ ।


    यहाँको प्रतिकृयाको लागि आभारी छु ...

    ReplyDelete