उही गन्थने कुरा


जब मुटु भित्रै चोट लाग्दो रहेँछ तब कुनै उपायले पनि आसुँ नरोकिने रहेँछ, सम्भब्य चोटको परीकल्पनामा बाँच्ने साहस,धैर्यता जती नै बटुले पनि जब त्यो पिडा भोग्नु पर्छ त्यतिखेर त्यो धैर्यता अपुग हुँदो रहेँछ । दुनियाँले मलाई कातर ठान्ला कि ? या मेरो खिल्ली उडाउलान कि केहीँ कतै ध्यान जान नदिदोँ रहेँछ जब मनले साँच्चै चोट खान्छ, पसल,सडक,घर,क्याम्पस जहाँ जाउ आफ्नो उदासी आँफै सँग भए पछी अरुले केहीँ भन्लान, केही सोच्लान त ख्याल सम्म पनि नआउँने रहेँछ । जतीखेरै मन भारी,भित्रै भित्रै खोक्रिए झैँ मात्रै...मन भित्र एकनाशको छट्पट्टी,बेचैनीले साह्रै एकहोरो बनिने रहेँछ । जे हुनु थ्यो भयो भनेर मन बुझाउनु खोज्दा पनि कयौ पटक असफल भए पछी अन्तत: आँफै सँग हार पनि..... हिओ सम्म जे थियो आ-आफ्नै ठाउँमा सबै ठीकठाक थियो,आज जे छ केही कतै ठीक छैन । एकै दिनमा यती धेरै परिवर्तन बिचरा ! यो मनले  कसरी बुझोस् ? हिजो जे थ्यो आज त्यसको विपरित छ, हिजो जे थियो आज छैन अनी आज जे थियो पहिले कहिलै थिएन अनी यो आजको भोगाई  स्वत: भोली नरहँला। हिजो र आज अनी आज र भोली को भिन्नता र यसले आफुमा ल्याएको गतिशिलता आँफैमा अपत्त्यारीलो सत्य भएको छ आफ्नै लागि।
  जिन्दगी सोचे जस्तो त पटक्कै हुन्न ''आफु ताक्छु मुडो बन्चरो ताक्छ घुँडो''भने झै जिन्दगीले सधैं घुँडो घुँडो मात्रै ताक्छ। ''मनिस सामाजिक प्राणी'' भनेर स्कुल देखी नै पढ्दै आएको भए पनि अहिले आएर आँफै असामाजिक भएको देख्दा उती खेर कतै गल्ती त पढिएन झै पनि लाग्छ, नभए यती धेरै एक्लिनु त नपर्ने....सबै तिरबाट मन तानतुन पारेर बलियो बनाउन पाउँदा नपाउँदै कती बेला मन पोखिन्छ थाहै हुँदैन। दिन र रात,सुख अनी दु:ख,जन्म पछी मरण,सुरु पछी अन्त्य निश्चीत भए झै प्रेम पछी को बिछोड पनि स्वाभाविकै हो अनी दुबै बराबर पनि, र पनि यी सब त भनिने कुरा मात्रै रहेँछन कि झै लाग्छ यदाकदा ।  आफु उदास उदास भईन्छ भने अर्काको खुशीमा सामेल हुन पनि मन नलाग्ने कस्तो अचम्मको यो मन। बर्षायाममा आफ्नो पोल्टाभरी पानी बोकेर हिंडेँको मेघ जस्तै छ अचेल मन, कतै को ठोकाई पर्खेर जतिखेरै पोखिन तत्पर,अझ एकान्त त भेट्नै हुन्न।
सबै कुराको हद हुन्छ भने झै यो उदासी,छट्पटी अनी दु:खाई को पनि त्यस्तो कुनै सिमा या हद त होला नि....

2 comments:

  1. अंगेजीमा एउटा भनार्इ नै छ, 'Everything is empermanence.' सबै कुरा अस्थायि छन् । दुख सधैं रहदैन, सुख पनि रहदैन । सबै कुरा परिवतर्नसिल छन् । त्यसैले यो उदासि , छट्पटि अनि दुखाए पनि सधैं रहने छैन । निश्चित समय पछि यिं सबै कुरा हटेर जानेछन् ।

    ReplyDelete
  2. धन्यवाद यहाँलाई आभारी छु प्रतिकृयाको लागी :)

    ReplyDelete