यी दिनहरुमा लगातार झरी परिरहँदा हाम्रो भेटघाटका सुरुवाती दिनहरु याद आउँदै छन । तीन बर्ष अघिको यही भदौरे झरीमा हाम्रो भेट भएको थियो । लगातारको झरीले दिनहरु निथ्रुक्क भिजेका थिए । थोरै बोल्ने अनी चुपचाप बस्न रुचाउने रहेछौ तिमी मलाई भने बोलिरहनु पर्ने । एकै भेटमा तिमीलाई अत्त्याएकी थिए क्यारे धेरै कुरा एकै चोटि सोधेर, प्रश्न माथि प्रश्न ;) तिमी योजनाबद्ध रुपमा मलाई भेट्न आएको भए पनि तिम्रो आगमन मेरो लागि भने अकस्मात नै थियो । अनजानैमा एकै गोरेटोको सहयात्री बनेका हामी कयौ पटक कयौ दोबाटोमा अल्झिएका छौ कि कुन बाटो सहि र कुन गलत छुट्याउनको लागि ।
भावनामा डुबुल्की मार्दा मार्दै स-साना कुरामा पनि धेरै मन दु:खाउने मैले तिम्रा कयौँ कुराहरुमा मन दु:खाएकी छु यो सत्य हो । अनी मेरो अतिशय भावुकताले तिमीले आफ्नो मन दु:खाएको पनि सत्य हो । यी दु:खाईहरु माझ पनि अनेकौ सुखद अनुभवहरु सगाँल्दै, प्रतिकुल परिस्थितिमा एक अर्कोलाई साथ दिँदै आज हामी जिन्दगीको यो मोड सम्म आईपुगेका छौ । आफ्ना आफन्त भए पछी तिनै बिच एउटा न एउटा शत्रु भएर निस्किनु नौलो त पक्कै होइन । हाम्रो विश्वाश को डोरी यती कसिलो बन्यो कि कसैले जती नै प्रयास गरे पनि ति हामी अनी हाम्रो सम्बन्धको बिचमा टिक्न सकेनन ।
यो झरीले त तिम्रो त मेरो सम्बन्धलाई झन बलियो पार्छ । कती झरीमा सँगै रुझेका छौ भने कती झरीमा एक अर्कोबाट टाढिनुको पिडाबोध पनि राम्रै गरेका छौ । बितेका दिन बितिसके, आज फेरी त्यस्तै झरी परेको छ जुन दिन हामी दिन भरी रुझेका थियौ । भिज्दै कफी पिउदै र पानी सँग चल्दै जिस्केका पलहरु स्मरणमा अझै ताजा छ अनी म यसलाई सधैं ताजै राखिरहँन चाहन्छु मन भरी अनी मुटुभरी सधैं सधैंलाई।।
यो बर्षको भदौरे झरी झर्न सुरु गरिसकेको छ । तिमी फर्कन्छौ यो झरीमा ? चाडै फर्कनु...रुझ्न मन छ मन भरी अनी मुटु भरी ।
No comments:
Post a Comment