किन ?

तिम्रै घर सिसाको छ यता ढुङ्गा हान्छौ किन ?
सँगै हिँडौ भनेकै छु फेरी तर्की जान्छौ किन ?

दु:ख सुख आधा गरौँ,सँगै बाँचौ मरौँ भन्दा,
एक्लै एक्लै तर्किएर दुखै मात्रै छान्छौ किन ?

मैले मन सुम्पिदिए,विश्वाश छ भनेकै'थे,
नानाथरी बाचा गर्दै आँफै कसम् खान्छौ किन ?

देखे दुनियाँ तिमीमा अनी साथ खोजे मैले,
खाली अनी रित्तो आँफै आफुलाई मान्छौ किन?

मन मुटु मिल्यो र त एकै भयो  हाम्रो यात्रा
आपत पर्दा ''मञ्जरी''लाई अर्की ठान्छौ किन ?

No comments:

Post a Comment