परदेशी फर्केर आईदिए दशैँ रमाईलो हुन्थ्यो कि...

साँझ पर्न थाले पछी आकाशमा देखिने सुनौला बादल अनी यसले छर्ने लालिमाले,रेडियो टेलिभिजन र रिङ्ग टोन भएर मबाईलमा बज्न थालेको मालश्री धुन दशैँ आएको को झ-झल्को दिलाउँछ। यस सँगै भदौरे झरीबाट मुक्त हुँदै हरियै भएका पाखा पखेरा, झुल्न ठीक्क परेको धान,कोपिला लाग्ने तर्खरको सयपत्री,मखमली,गोदावरी, फूल खेल्न लागेको कोदो र पहेँलपुर घैयाले दशैँ भित्रिन लागेको संकेत गरेको छ।
      जसै जसै यो दशैँ हरेकको घर आँगनमा भित्रिन्छ तिमी मनभरी,मुटुभरी दुख्छौ अनी पोखिन्छौ आँखाको साहारा लिएर । तिमीलाई पनि परदेशमा घरदेश पक्कै दुख्दो हो । तिमीबिनाकोदशैँ सधैं नियास्रो मानेर मलिन अनुहार सहित भित्रिन्छ अनी उसैगरी चुपचाप बिदा हुन्छ । दोबाटोको पिङ, आँगन छेउको भिमसेनपाती,उखु र भण्डारको जमरा तिम्रो बाटो हेर्दै तिम्रो अभावमा दशैँ मनाउँछन मलिनो अनुहारले ।
      गाउँ साह्रै शुन्य छ तिमी नहुँदा, सके सम्म छिट्टै फर्कनु है। यहाँ सबै तिम्रै बाटो कुर्दै छन । धेरै भयो परदेशी भएको अब फर्क। परदेशको धनले खुशी किन्न नसक्ने रहेँछ परदेशी। आफ्नै गाउँ घर, धुलो माटो,प्यारो छ। परदेशको बसाईले तिम्रो मन फेरियो रे अब यी सबको लागि तिम्रो माया सकियो रे भनेर खुबै हल्ला चलेको छ । म कसरी सहनु यो सबै? तिमी उही मन अनी उही आफ्नोपन लिएर फर्कनु है । यसपाली तिमी नआई यो मनमा दशैँ नभित्र्याउने भएकी छु मैले । 

1 comment: