निरीह बादल र मन

उ त्यो पारी थुम्कोमा देखिएको
एक धर्सो बादल झै
छरपस्ट छ मेरो मन पनि।

कुन्नी  कता बरालिँदै आएको
एक झोक्का हावामै
तितरबितर हुनुपर्ने,
आफ्नो आकारै बदल्नु पर्ने,
बैरङ हावाले जता जसरी लैजान्छ
उतै उसै हिँडिदिनु पर्ने,
आफ्नो अस्तित्त्व मेटाएर
उसैमा बिलिन भईदिनु पर्ने ।

नील गगन भरी निस्फिक्री उड्ने,
अनगीन्ती सम्भावनाहरु देखाउने,
अनी,
आफ्नो छुट्टै अस्तित्त्व बोध गराई
आकाश देखी भुँईसम्मको यात्रातय गर्दै
भुँईभरी हराउने रहरहरु,
त्यै हावा सँगै उडाउँदै,मेटाउँदै,अनी
मेटिँदै, लथालिङ हुँदै छ
उ त्यो पारी थुम्को माथि
एक धर्सो बादल ।

आफ्ना रहरका पखेटा काटेर
उसैका रहरमा जोड्दै,
 टुट्दै ,उसैलाई जुटाउँदै,आफु मेटिंदै
र,
उसलाई बचाउँदा बचाउँदै,
अन्तत:
शुन्यमा बिलिन,
बाँकी छ केवल उसैको अस्तित्त्व,
जो जसरी जहाँ जहाँ जताबाट मन लाग्छ
निस्फिक्री हुँईकिदिन्छ,
फेरी अर्को मन खोज्न।
अर्को मन उडाउन ।
एउटा अर्को अस्तित्त्व मेटाउन।
आफुलाई बलवान देखाउँन ।।

4 comments:

  1. फेरी अर्को मन खोज्न।
    अर्को मन उडाउन ।
    एउटा अर्को अस्तित्त्व मेटाउन।
    आफुलाई बलवान देखाउँन ।।

    yeha yestai cha

    ReplyDelete
  2. निकै भावनात्मक संदेश बोकेको हजुरको यो कविता परदेशी भूमिमा रहेर पढ्न पाउदा आज मनमा अर्कै तरङ्ग उजगार भयको छ ! आफ्नो देश र परिवारको ममतालाई पुन स्मरण गर्दै पारिवारिक दाइत्व पनि झस-झसकाइ दियको छ ! धन्यवाद छ यहालाई यति सुन्दर रचनाको लागि !

    ReplyDelete
  3. nikkai ramro poem lekhnu bhyeko chha khusi lagyo tapaiko rachana haru padhna pauda ........aru pani ramra ramra rachana haru lekhnu hola mero subhakamana ...........na barsa 2069 ko hardik mangalmaya shubhakamana

    ReplyDelete
  4. भावनाको मनोगत कुण्ठालाई सकारात्मक परिबर्तन द्वारा सफाचट स्वरूप दिने प्रयत्न सह्राननीय छ ..

    ReplyDelete