गन्थन


त्यो उदासी किन थियो ? त्यसको कारण म नै पो थिए कि ? कती पिडा थियो त्यो भावमा, केही भन्न चाहन्थ्यौ तिमी मलाई तर के ले रोक्यो तिमीलाई ? तिमी यस्तो त थियौ त । सुख होस् या दु:ख तिमी आफ्न कुरा मलाई नसुनाई एकैक्षण बस्न सक्दैन थ्यौ त। तर आज खै त्यो चञ्चलता ? कती गम्भिर देखिएका थियौ। यस्तो लाग्यो म तिमीलाई पटक्कै चिन्दै चिन्दिन । कोइ नयाँ मान्छे भेटे झै लाग्यो आजको भेटघाट। एक मन लाग्यो तिम्रो उदासीको कारण मै हुँ। तर,अर्को मनले सम्झ्यो,धत्! उसले तलाई कहिलै गलत बुझ्न सक्छ र ? ब्यर्थै भए नभएको कुरा मनमा खेलाएर.....
तर,अहँ मन मान्दैन। तिम्रो उदासी अनुहार केही गरे भुल्न सकेकी छैन। कसैले कुनै पहाडै उठाएर तिमीलाई बोकाए झै खै कुन्नी कुन पिरले थिचिदै थियौ। यदी त्यो उदासी मेरो कारणले हो भने फेरी तिम्रो छेउ कहिलै पर्ने छैन,यो आफुँ सँगै बाचा गरेँ । किनकी म तिमीलाई दु:ख या उदासी दिन चाहन्न। मेरो कारण तिमी दु:ख यो म स्विकार्न सक्दिन। तिमीलाई आफु भन्दा टाढै राखेर माया दिनेछु। सुर्यले पनि यस धर्तिका सबैलाई माया गर्छ के माया लाग्यो भन्दैमा नजिक आयो भने यहाँको सबै जीवन नष्ट हुन्न र ? मेरो सामिप्यताले तिम्रो हाँसो,खुशी, त्यो चञ्चलता र तिमीलाई नष्ट पार्छ भने म तिमीलाई टाढैबाट नियाल्ने छु। बिन्ती तिमी उदास नहुनु है । तिम्रो वरपर तिम्रो हाँसो र खुशी चाहने धेरै छन तिनै धेरै मध्य म पनि एक हुँ। तिमी खुशी अनी सुखी रहेँको हेर्नु मेरो हिजो,आज, र भोलीको एक मात्र रहर हो।  

No comments:

Post a Comment