एकै नजरमा आँखामा बस्ने त ऊ देखिदैन थीइ। तर, उसमा अनौठो आकर्षण भने पक्कै थियो। पहिलो नजर हेर्दा साधारण भन्दा साधारण लागेकी ऊ जति जति दोहोर्याएर हेर्यो उसको सौन्दर्य उती निखारिएको पाउँथेँ। कसैको मतलब नगरि आफ्नै धुनमा मोबाईलमा छानिछानी गीत सुनिरहेकी,खसक्क बाँधेको कपाल,मेक अप नगरिएको अनुहार,धोक्रे टि-सर्ट अनी त्यस्तै जिन्स बाटमा आमा देखिने युवतीको भन्दा भिन्न पहिरन यस्तै देखेको थिए मैले उसलाई क्रीतिपुर माईक्रोमा। विश्वविध्यालय गेट नजिकैबाट माईक्रो चड्ने बितिक्कै पछिल्लो सिटमा बसेकी उसलाई देखेको थिएँ। उसका साथमा अरु दुई चार केटीहरु पनि थिए चलेको आधुनिक पहिरनमा सजिएका तर मेरो ध्यान ऊ तर्फै मोडियो।
जब जब उसलाई हेर्थे ऊ झन झन राम्रो लाग्थी। सुन्दरता भन्नासाथै साधारणत: बाहिरी आँखाकै भ्रममा पर्छन मान्छेहरु,तर उसको सुन्दरता बहिरी आँखाले नदेखिने छोपिएको भनौ लुकाएर/बचाएर राखिएको कुनै दिव्य ज्योति झैँ। यसले आफ्नो सुन्दरता लुकाउनै यस्तो असुहाउँदो पहिरन लाएकी हो तर मेरा आँखाबाट उसको त्यो सुन्दरता लुक्न सकेन। 'ल है कालिमाटी झर्नुहोस्' भनेर ढोकाको फुच्चे भाईले करायो। ऊ अनी उसको समुह त्यहीँ ओर्लियो। खाली भएको पछाडिको सिटमा थ्याच्छ बसेँ र आँफ्नै मनलाई सोधेँ ''के ऊ भोली पनि यती नै बेला माईक्रो चड्छे होली''? मन चुपचाप रह्यो सायद 'प्रतिक्षा गर' भन्न खोज्दै थ्यो होला तर म उसैको कल्पनामा हराईसकेको थिएँ आजलाई।
यो के हो |मलाई त बुझ्न गार्हो भो त | धाराबाहिक त हैन नी |
ReplyDeleteकुनै बेला बखतमा जागँर लागे हुन पनि सक्छ नत्र यतिकै सक्क्यो ।
ReplyDeleteIs the writer, male or female?
ReplyDeleteकता कता कथाको त्यो अलौकिक सुन्दरताले भरिपुर्ण केटि (तपाइको भासामा) सुमन मन्जरी पो हुनुहुन्थियो कि...!!!
ReplyDeleteFinlip जी यहाँ एउटा केटामान्छेको मनोबिज्ञान लेख्न खोजेकी हुँ तर बिचैमा जाँगरले धोका दियो ।
ReplyDeleteबिकास जि, मेरो काल्पनिक पात्रकी प्रियसी हुन उनी कतबाट म हुनु ? :))
मैले कुरा गरेको पनि तिनै प्रियसी को हो...त्यो प्रियसी तपाई हो कि भनेर...त्यो पात्र बरु काल्पनिक जस्तो लग्यो...खयर कथा न पर्यो...!!!
ReplyDelete