भरिन थाल्छन् आँखा

आउँछौ जब सम्झनामा, भरिन थाल्छन् आँखा !
छाउँछौ जब कल्पनामा, भरिन थाल्छन् आँखा !!

यो माया थियो साँच्चै चोखो, तैपनी टाढिनु पर्‍यो,
धाउँछौ जब सपनामा, भरिन थाल्छन् आँखा !!

अनिँदा रात कती कती, दिनमा भेटिने आश,
ल्याउँछौ जब तर्कनामा, भरिन थाल्छन् आँखा !!

No comments:

Post a Comment