कथा 'पहिलो भेट'
आज निक्कै दिन पछी केही लेख्ने जाँगर चल्छ कि जस्तो छ, सोचे एउटा कथा किन नलेखु, लेख्न त लेख्ने तर सधैं मेरो समस्या पात्रको खोजी.... मन पर्ने पात्र खोज्दै आज आफ्नै क्याम्पसे जीवन सम्म पुग्न मन लाग्यो, अनी तुरुन्तै दिमागले सम्झना पनि दिलायो, मेरो एक प्रिय पात्र... जो मेरो कथामा धेरै जसो भिन्न भिन्न भूमिकामा पात्र बनेर आउथ्यो, तर आज उस्लाई कुनै कल्पनिक पात्रको भूमिका नदीई उसलाई बस्तविक पात्र बनाउने मनले कथात्मक ढाँचामा उसैको जीवनमा घटेको एक सत्यतालाई आफ्नो कल्पनाशिलताले रङ्ग्याई उतार्ने कोशीस गरे.... मेरो प्रिय पात्र तिमीलाई धन्यवाद, आज फेरी तिमी पात्र बनेर आयौ...
ठिक साढे दुईबजे उस्ले मलाई भेट्ने समय दिएकी,, ठमेलकै कुनै क्याफेमा, मनमनै फुरुङ्ग पर्दै आफुले आफैलाई निक्कै ह्यान्डसम देखाउने झुटो कोशिस गर्दै थिए बिहानै बाट... मनमा एक प्रकारको उमङ्ग त थियो सँगै डर पनि किनकि जीन्दगीको २४ औ बसन्त पार गरिसकेको म आज सम्म पनि कुनै मान्छे सँग खुलेर बोल्न सक्दिन,,,, क्याम्पसे जीवन बाटै अलिक लजालु थिए, कयौ पटक आफ्नै सह-पाठीहरु बाटै म जिक्याईएको छु ... क्याम्पस पछीका केही बर्ष बितिसक्दा पनि मेरो बानीमा खासै परिवर्तन आएको थिएन... अफिस मा पनि संगैका स्टाफहरु सँग बसेर गफ गर्न मैले कहिल्यै जानिन न त घरमै पनि ... सोधेको कुराको उत्तर दिनु बाहेक म सँग बोल्ने कुरा अरु केहि हुदैनथ्यो ... त्यसैले बर्षमा एक दुई पटक म घर जादा पनि अल्पभाषिको नाम पाउथे आफ्नो लागि.... आमा बाबा अनि दाजु र छिमेकीहरुबाट .... तर कोहि भने ''धेरै पढे भनेर आफैमा घमण्डी भा को खुबै कत्ति न आफैलाई ठुलो मान्छे भए भन्ने ठान्दो हो'' यो पनि मैले नसुन्नु परेको भने पक्कै होइन तर मलाई जसले जे भनोस वास्तै काहाँ थियो र ... आज पनि सजिलै उ सँग भेट्न म कसरी तयार हुन्थे र उसैले बारम्बार फोन, म्यासेज अनी मेल बाटै भेटु कि भेटु भनी, कती दिन बाहाना पार्नु, के के बाहाना पार्नु, भनेर आजलाई हुन्छ भने.... एउटी केटीले भेटौ भनेर यस्तो हत्ते गर्दा पनि भेट्न नजाने आफु देखि आफैलाई हाँसो लाग्यो, अनि आफै देखि लाज पनि कि कति सम्म आँट नभएको रहेछु म भनेर ...
ढिलो भयो भने फेरी के होला उस्ले के भन्ली भनेर झन्डै पाँच मिनेट पहिले नै म क्याफे पुगेर उसलाई कुर्न थाले ... दुई बज्ना साथै आँखा यता उता गर्दै ढोका सम्म पुगीरह्यो तर त्यहाँ आउने सबै जसो मा कुनै पनि उ देखिन मैले ... हुन त हाम्रो पहिलो भेट हुँदै थियो ...तर पनि फोटो सम्म भने मैले उसको फेसबुकको भित्ताभरी आफै सँग आफै लुकी लुकी धेरै पटक हेरी सकेको थिए ...एकै छिनमा दुईजना (ति मध्ये एक मैले फोटोमा चिनेकी जसलाई म कुर्दै थिए र अर्की नौली ) आए... मैले फोटोमा चिनेकी चै मौन छे, अर्की हाँस्दै आई म अप्ठ्यारोमा परे कारण नौली पो हाँसी... आफुले चिनेकी घोस्सेमुन्टो लाएर बसेकी छ.... म अलमल्लम परे त्यै हाँस्ने अझ मुस्कुराउन्दै भन्छे मलाई त तपाई यसरि भेटिनुहुन्छ भन्ने लागेकै थें,न ... म चुपचाप रहे... उ फेरी बोल्दै गई थाहा छ म त तपाईलाई भेट्न कति उत्सुक थिए, तर तपाई त कुराकानी मा जस्तै चुप चुप बस्नु हुँदो रहेछ त है... मलाई उकुसमुकुस भयो अब पनि नसोधी त भएन भनेर सोधे तर म त यँहालाई चिन्दिन त... के हजुर मलाई चिन्नु हुन्छ? मेरो कुराले हाँस्दै उस्ले भनि 'च्याट र फोन मा को सँग त' ??? मैले अर्की चुपचाप घोप्टोमुन्टो पारेर बस्ने तिर ईसारा गरे, मेरो ईसारा पाएर उसले तर्सेको आँखाले हेर्न थाली, म भने अझै चक्रब्युहमा फस्दै गए झैँ भए... त्यसपछि उ फेरी बोली त्यँहा कुरा गर्ने म हुँ तर त्यो आईडी उसको हो अनि मोबाईल नम्बर चै मेरो हो...हजुर संग कुरा गर्ने म हुँ ..... हजुरलाई मिसकम्युनिकेशन होला भनेर साथी पनि लिएर आकी....अब मैले के बोल्नु पर्ने हो आफैलाई थाहा थिएन, त्यसैले म चुप रहेँ.... एक मन त लाग्यो कति बेला उठेर कोठामा पुगौ झैँ, तर त्यति साहस पनि आएन त्यसैले मुर्तिवत भई त्यहिँ बसिरहे .... मन भने कोठामा पुगिसकेको थियो ... उ मलाई कहाँ पढ्ने,कुन लेबलमा पढ़नुहुने?,के पढ़नुहुने?.अफिस काहाँ ? काम के सबै सोध्दै थिइ, मलाई एउटै जवाफ दिने मन भएन, तर म बाध्य थिए मन नलागी नलागी पनि उसको प्रश्नहरुको जवाफ दिई रहे... उसकी साथि( फ़ोटोकी ) चुप थिई ...
करिब एक घण्टा पछी मैले भने अब म निस्किन्छु है, एउटा सानो काम पनि सक्नु छ... भन्दै आफुलाई त्यहाँ बाट छुटकारा दिलाउने झुटो कोशिस गरे किनकि ... यो जानाजानी बाहाना थियो तर पनि मलाई त्यहाँ बाट निस्किनु थियो .... अहिल्यै !! उस्ले भनि एकै छिन त बस्नुहोस न फेरी भेट कहिले पो होला र ... मलाई उसको यो कुराले मन खलबल पार्यो म भने उम्कन खोज्दै छु उ त फेरी भेट्ने कुरा पो गर्छे हे भगवान ! म कहाँ फसे भनेको जस्तो लाग्यो..आफैले आफैलाई धिक्कारे ...
त्यहाँबाट निस्केर कोठासम्म अनेकौ कुरा मनमा आए ....आउन पनि दिए.. एक मन सोचे आ ... किन यति धेरै कुरा खेलाउदै छु म ति दुई का बारेमा ''दोबाटोमा भेटिएका ति फेरी अर्को दोबाटोमै छुट्ने न हुन'' भनेर मनलाई सम्झाउन खोजे... तर त्यो मुन्टो झुकाउनेलाई भुल्नै पो सकिन के मलाई तिनी मन पो पर्न थालिन ? ... हेर केटा यो केटीको चक्कर तिर नलाग तैले आफु को हुँ, अनि त यहाँ के को लागि छस नभुल, तेरा बाबा आमाले के के सोचेका छन् थाहा छ नि सबै भन्दै आफुले आफैलाई झपार्दै बसे, तर मन कुन्नि के पो भाको हो मन मान्दै मान्दैन त ....
भेटिएका आईडीहरुमा म्यासेज लेखु भने त्यै अर्की क्यार क्यार कराएर झिझो लागाउनेले हेर्ली...नगरौ भने उसलाई कसै गरि भेट्ने मन छ .... यदि उसले पनि मलाई याद गरेकी भए अनि उ आफैले म सम्म कुनै माध्यम बाट आफुलाई उपस्थित गराईदेओस् भन्ने कामना मनमा अईरह्यो... के त्यस्तो होला त ??? कतै सुरु हुनु पहिलेनै सकिने त होइन मेरो प्रेम कहानी ... भित्र कुनामा कतै छट्पट छट्पट भएको अनुभव हुन थाल्यो... तै पनि आफुलाई सके सम्म सम्झाउन तिर लागे... तर अन्तर मनमा त्यो मुन्टो झुकाएर बस्नेले राज गरिरही....
आज यो कुरा लेखिरहँदा पनि उ म भित्र उसैगरी राज गर्दै छे... आज उसलाई यहाँ बाटै यो भन्छु कि तिम्रो मनमा पनि म प्रति केहि भावना छन् भने, तिमी म सम्म आउने कोशिस गर्नु, म तिमीलाई पर्खने छु .... यदि चाहन्छ्यौ भने मलाई केहि माध्याम देउ, तिमी सम्म पुग्ने ... तिमी चाहन्छ्यौ भने सबै सम्भव छ, मैले देखेको मेरो सपना पनि पुरा हुनेछन...तिमीलाई भेट्न मैले गरेको पहिलो र अन्तिम कोशीस यही हुनेछ... सबै भन्दा उपयुक्त मध्यम पनि....तिमी सम्म यो पुग्ने नै छ,मैले फेसबुकको भित्ताभरी यस्लाई टाँस्ने छु, कारण तिमी सम्म यस्लाई पुर्याउनु नै हो, चाहे ति तिम्री बोलक्कड साथीकै माध्यम बाटै किन नहोस्, तर मलाई मेरा यि कुरा तिमी सम्म पुगाउनु नै छ अनी मेरो मन भन्छ तिमीले मलाई चिन्नेछौ पनि, म तिम्रो जुनसुकै प्रतिक्रियाको लागि तयारीमा राख्ने छु आफुलाई ...

No comments:
Post a Comment