गजल :-'तिम्रो शहरमा'

रहर जत्ती सुकाको छु, तिम्रो शहरमा !
ईच्छाहरु लुकाको छु, तिम्रो शहरमा !!

चिन्दिन म भन्यौ,माफी भए गल्ती तिम्रा,
आँफै शिर झुकाको छु,तिम्रो शहरमा !!

नाता मेरा कोही छैनन्, र त ओहदामा,
थुप्रै मौका चुकाको छु,तिम्रो शहरमा !!

बनावटी देखे सबै,अनी यस्तो गरे,
हाँसो मात्रै फुकाको छु, तिम्रो शहरमा !!

अप्ठ्यारोमा पर्‍यो कोही,हाँस्ने मिल्छ निहुँ,
धेरै मन दु:खाको छु,तिम्रो शहरमा !!

2 comments:

  1. गजल राम्रो छ । मकतामा काफियालाई सच्याए मात्रै पनि गजल अझ राम्रो बन्छ मन्जरी जी।

    ReplyDelete
  2. i can't suggest u ....but i like this....

    ReplyDelete