हिजो आज बाटाभरि फुलेका नीला निला फूलहरुले बाटै निलाम्य छ, अझ बेलाबखत पर्ने पानीले सिनित्त पारेर पखालेको सडक भरी पानीमा रुझेँका निला निला फूल अझै शोभायमान देखिन्छ, यही मौसम त हो नि पोहोर, परार हामी एक अर्काको हात समाउदै हरेक साँझ तिनै फूलहरु सँग जिस्कदै खाली सडक भरी टहलिने.. तर आज समय कसरी उल्टियो थाहै छैन,एकै निमेशले हामी खोला वारीपारी भयौ....
सधैं आफुले चाहे जस्तो हुँदो हो त मानीस किन सधैं आधा मात्र बाँच्दथ्यो होला र, के कती रहर अधुरा,अनी कती सपना सपनामै सिमित हुन्छन र पनि मान्छे बाँचेकै छ, यहाँ सबैको जीवन खोतलेर हेर्ने हो भने कुन कुनै अभाव,केही न केही कमी अवश्य पाईन्छ, तिनै जीवनहरु मध्यको एक जीवन बाँच्दै छु म, मेरो अभाव तिमी, मेरो जीवनको कमी तिमी, शायद तिमी हुँदो हौ त यो जीवन पूर्ण बन्दथ्यो कि झै लाग्छ कहिँलेकहीँ तर यो पुरा नहुने रहर....सबै पूर्ण भएर पनि आधा बाँचेकि छु म अचेल, तिमी सँग छुट्ट्नुको पिडा शायद अझै आलै छ यो मनभरी, खै किन हो किन दिन दिनै झन झन बल्झिँदै छ यो घाऊ, कती दिन यो घाऊ यै छातीमा लुक्छ हेरौँ...मन टुट्नु अनी साथ छुट्नुको पिडा तिमीलाई के थाहा र ? एउटा साथ नछुट्दै अर्को साथ जुट्यो तिमीलाई, भाग्यमानी तिमी एउटा अजम्बरी साथ पायौ...
तिमी त त्यो दिन गयौ अनी फेरी फर्केर सम्म कहिलै हेरेनौ कि मेरो अवस्था के भयो,तिमिलाई म सम्म फेरी फर्कने मन भएन या मन हुँदा हुँदै पनि अनेकौ परिबन्दमा तिमी फस्यौ म के जानु...जब जब साँझ पानी पर्छ एकहोरो झ्याल बहिर हेर्दै टोलाउछु, पानीमा निथ्रुक्क भिजेका ति निला निला फूलहरु अनी त्यो रातो गुलाफको सौन्दर्यले म भुतुक्क हुन्छु, अँ हामीले हाम्रो प्रेमको सुरुवाती सँगै रोपेको रातो गुलाफ अब त हुर्की सक्यो,हामीले एक अर्कोलाई अङालोमा कस्दै त्यसै दिन भनेका थियौ नि 'यो गुलाफ सँगै एक अर्कोमा हामीले प्रेम रोपेका छौ,दिन दिन यो गुलाफ सँगै हाम्रो प्रेम पनि बढ्ने छ' तर अफशोच ! हाम्रो प्रेमले हुर्कने अनी फूल्ने मौका पाएन, तिमी त अर्कैको बगैँचामा फुल्यौ, यो गुलाफ मेरो बगैँचामा फूल्यो तर म कहीँ कतै कहिलै फूल्न सकिन...तिमीले त अर्को गुलाफ फेरी रोप्यौ होला,भरेली फूल पनि फूले होलान तर मैले त हामी दुईले रोपेको गुलाफ नै स्याहार,सम्भारमा यो जीवन बिताउने कसम त्यहीँ गुलाफ सँग खाएकी छु...

जीवनमा सोचे जस्तो त कहाँ हुन्छ र ? अनि सोचे जस्तो भर्इदिने हो भने त्यो जीवनमा मिठास पनि त कहाँ भेटिन्छ ? नसोचेकै, नचाहेकै भर्इदिन्छ जीवनमा । त्यसैले त साँझपख पानी पर्दा , पवन बहँदा , कतै फूलहरू मुस्कुराउँदा कसैलार्इ खोजिन्छ । अभाब महशुष गरिन्छ । र खुसि खोजिन्छ संगै रोपेका गुलाबमा । साथमा अरू कोही नहँदा आफैभित्र खोज्नुपर्छ खुसि र आनन्द । जहाँ कोही नभएर पनि सबैचिज हुन्छ.......।
ReplyDeletehttp://www.nraule.com.np/
यसरी यसरी नै चल्छन सबै जिन्दगीहरु त र पनि यदा कदा आँफै भित्र सम्पूर्णता भएर पनि रिक्तता छौँदा खेरी नमिठो लाग्दो रहेँछ..यहाँको उस्तै प्रतिकृयाको लागि आभारी छु :)
ReplyDeleteकुनै काल्पनिक नायिका हो कि मन्जरीजी आफैको हो, उनको मनमा छाएको नमिठोपनाले हार्दिक स्पर्श गर्यो । तर त्यसलाई ब्लगमा लेख्ने, अभिव्यक्त गर्ने शैली चाहि साह्रै मिठो लाग्यो ।
ReplyDeleteथोरै कल्पना अनी धेरै यथार्थता :)आभारी छु यहाँको मिठो प्रतिकृयाको लागि!
ReplyDelete"तिमी त त्यो दिन गयौ अनी फेरी फर्केर सम्म कहिलै हेरेनौ कि मेरो अवस्था के भयो.........." जो कोहीले पनि एक रंगिन सपना देखि नै रहेको हुन्छ कतिको पुरा हुन्छ कतिको पुरा हुदैन र केहि यस्ता सपना पनि हुन्छन जो पुरा भए बाकि सबै भुलाई दिन्छ,गन्थन (१,२,३,४)यो कल्पना हो या यथार्थ जे जस्तो भए पनि सरल भाषा अनि मन छुने, यसमा कतै न कतै यथार्थ पनि लुकेको होला .....तपाइले उ पर्ती गरेको मायाको म सम्मान गर्छु तर जाने त गइ गयो खाली उसैलाई सम्झेर आफुलाई किन कम्जोर बनाउने ...तपाइले माया गर्ने त गयो तर एक पल्ट पछाडी फर्केर हेर्नु त तपाईलाई माया गर्ने सबै तेही छन् र कोही यस्ता पनि होलान जो तपाइँ संग अन्जान होला र पनि तपाइको खुसि नै हेर्न चाहनछ.,,,हुन त तपाइको र मेरो सोच न मिल्ला म तपाइँ संग अन्जान भए पनि तपाइको एक well-wisher भएर यो भन्न चाहन्छु कि जसलाई तपाइले माया गर्नु भो सायद उसले तपाइलाई माया गर्दैन ...माया तेसलाई गर्नु जसले तपाइलाई गर्छ .तेस्लाई सम्झनु जसले तपाइलाई सम्झनछ........
ReplyDelete