गजल

जित्छु माया सोचेँ,आखिरमा हार भयो !
दोधारे पिरती,अब वार पार भयो !!

मायालु त्यो बोली,सँगै जिउने सपना,
मुटु रेट्ने  आज,खुकुरीको धार भयो !!

मन मौजी अनी,यत्रतत्र निस्फ्रिक्री भै,
डुल्यौ होला अब,भन्थ्यौ माया बार भयो !!

सस्तो ठान्यौ प्रेम,सस्तो भयो मन मुटु
अनमोल माया,तिमीलाई भार भयो !!

धोकेवाज मात्रै,भेटिन्न रे चोखो मन,
नलाउँनु माया,जीवनको सार भयो !!

जित्छु माया सोचेँ,आखिरमा हार भयो !
दोधारे पिरती,अब वार पार भयो !!

5 comments:

  1. गजल एकदम राम्रो छ :)

    सुझाब :-''गाउले एसो सामाजिक संजाल मा सेयेर गर्न मिल्ने बटन राखनु भए हुन्थ्यो कि......!!!

    ReplyDelete
  2. धन्यवाद :) हस हस अब सेटिङ् गर्छु नि गाम्लेले भने'सी मान्नु पर्छ :)

    ReplyDelete
  3. कस्तो निष्ठुरीसँग माया लाउनु भएछ त हँ ?

    ReplyDelete
  4. dherai ramro lagyo, rachana raru.

    ReplyDelete
  5. काईँला जी अब के गर्नु त त्यस्तै परेछन् नलाउनु माया लाईहालियो अब न त मन फर्काउन सकिने साह्रै गाह्रो पो पर्‍यो त :)
    सुमन जि आभारी छु |

    ReplyDelete