गजल


सुखी बाँच्नु मलाई सधैं भुल्नु तिमिले
सजाउनु जीवन उतै फुल्नु तिमीले !!

पहिल्याई को आफ्नो,कता तिम्रो गन्तब्य,
झरे पछी आकाश जस्तै खुल्नु तिमीले!

फुल तिम्री प्रेयसी,फुल्न दिनु उन्लाई,
बाग बिच रक्षक बनी डुल्नु तिमीले !

दु:ख सुख आउँछ,जान्छ साथ नछोड्नु 
त्यस्ता सबै पलमा, सँगै झुल्नु तिमीले !

सुखी बाँच्नु मलाई सधैं भुल्नु तिमिले
सजाउनु जीवन, उतै फुल्नु तिमीले !!

3 comments:

  1. त्यसरी चट्टै हात छोडिदिन भएन नि :)

    ReplyDelete
  2. अनी क्यार्नु त बैगुनी भे'सी गुनले मार्न सकिन्न के रे ऐलेको जमाना :)

    ReplyDelete