गन्थन


        दिनै गन्ने हो भने त हाम्रो भेट भएको त्यस्तै दश महिना पुग नपुग भयो होला, तर यी हरेक महिनामा मैले कयौं बर्षमा नपाईने खुशी अनि दुख तिमी सँग साटेकी  छु... बारम्बारको भेटघाटले प्रेम निम्त्त्याउछ भन्ने सत्य रहेछ,  एक दुई भेटघाट नभई हामी बिच भएको बारम्बारको भेटघाटले कुन दिन अनि कहाँ देखि मैले तिमीलाई प्रेम गर्न थालेछु थाहा छैन, मन सँग मन मिले पछी साँच्चै नै दुनियाँको मतलब नहुने रहेछ, दिन बित्दै जादाँ हाम्रो भेट पनि बाक्लियो, कुनै दिन नदेख्दा खै कुन्नि कस्तो छटपटी हुन्थ्यो त्यो रात  अनिदै रहन्थे म ,तिम्रो उपस्थिति अनि साथ मलाई अतिनै प्रिय थियो ! नजिकैका रमणीय ठाउँ सायदै थियो हामी नपुगेको... कामबाट अलिकति फुर्सद पउनासाथै हामी कुदिहाल्थ्यौ एक न एक तिर... हामी स्वतन्त्र थियो एक अर्को बाट र पनि यसरी बाँधिएका थियौ कि  छुट्नु अब असम्भव झैँ लाग्थ्यो.. आगतको कल्पनाले म झसङ्ग हुन्थे, हाम्रो सहयात्रा हामीले सोचेरै, बुझेरै चार पाँच बर्षको लागि बाधेका थियौ अनि यी चार पाँच बर्ष एक अर्काको जस्तै प्रतिकुल  परिस्थितिमा पनि साथ दिने बचन पनि गरेका  थियौ.. दिनहरु सजिलै बित्दै थिए, कहिले एक अर्कोलाई घुर्क्याउने र कहिले फुर्क्याउने गर्दै ... तर सबै कुरा आफुले सोचे जस्तो कहाँ हुने रे'छ र... हामीले सहयात्रा गर्ने भनेको चार पाँच बर्षको एक बर्ष बित्न नपाउँदै हाम्रो सहयात्रा तोडियो... हामीले सल्लाह गरेका थियौ कि हामी चार पाँच साल बिहे गर्दैनौ,बिहे पछी यो स्वतन्त्रता कहाँ र ??  पछी आफु आफुले रोजेको मान्छे सँग बिहे गर्नेछौ, तर नियति हो या हाम्रो भाग्य, तिमीले जबर्जस्ती बिहे गर्नु पर्‍यो , यो बिहे बाट तिमी कति पनि खुशी छैन यो मलाई थाहा छ ... म अझ एक्लिएकी छु, हिजो आज दिन बित्दैनन जसो तसो कट्छन् मात्र... अब त हाम्रो भेट नभएको पनि धेरै भयो,कहिले कहीं लाग्छ यो सहयात्रा थाल्नु नै भुल थियो,मन हो साथ पाउने बानी लागे पछी , त्यै साथ खोज्नु यसको धर्म हो,, र पनि यो केहि महिनाको अन्तरालमा जुन जे अनुभव मैले समेटेको छु त्यो सधै मनमा अमीट रहने छ....
       तिमीले आफ्नो बचन पुरा गरेनौ म भन्ने छैन तिमीलाई, न त गुनासो नै छ... छ भने केवल आत्मीयता जुन कहिले कोहि सँग नभएको... तिमि जहाँ छौ सायद खुशी छौ,तिमीलाई जसको साथ मिल्यो  उसैको साथमा  तिमी र मैले गरेँ जस्तै सहयात्रा होला भन्ने मेरो ठम्याई....अनि तिम्रा ति स्वणीर्म रहरहरु जुन तिमीले कल्पना मात्र गर्थ्यौ पहिले, ति अब एक एक गर्दै पुरा होलान नि है... :) अनि पुरा पनि गर्नु... मेरा त दिनहरु यसै बित्दै छन् सायद छुट्नुको दुखाई अझै बाँकी नै छ... :( अझै पनि हरेक साँझ हामी जाने ठाउँ अनी घुमाई को यादमा बिताउदै छु... सँगै तय गरेका यात्राको बिचमा तिमि हरायौ र पनि म यात्रा नतोड्ने पक्षमा छु, हाम्रो सहयात्राको लागि छुट्याईएको पाँच मध्ये अबको झन्डै चार बर्ष मैले अर्को सहयात्री रोज्ने छैन... हुन त उतिखेरै पनि हामीमा एक अर्को सँग आफ्नो सारा जीवन बिताउने चाहना थिएन,अहिले पनि छैन.. र पनि यो छुटाई किन पीडादायी बन्दै छ मेरो लागि अलमल्लमा छु... हामीले एक अर्को सँग बिहे गर्ने,सँगै सारा जीवन बिताउने  सपना खै किन देखेनौ यति नजिक हुँदा पनि... एक सहयात्रीको रुपमै एक अर्कोलाई अपनायौ... आ-आफ्नो जीवन बाहेक पनि हामीले एक साझा जीवन बनायौ, जहाँ एक अर्कोको उपस्थिती अनिवार्य हुन्थ्यो... अनि त्यहिँ अनुसार चल्यौ.. तर अफशोच हाम्रो यात्रा पुरा भएन बिचमै यसरी छुट्नु पर्ला भन्ने कहिले सोचेका पनि त थिएनौ नि होइन र ?? सत्य भन्ने हो भने म खुसि छैन हिजो आज, तिमि सँगै गए झैँ छ खुसीहरू..... हुन त यो दुनियाँमा कोहीकसैले पनि कोहींकसैलाई सधैको लागि साथ दिन्छ सोच्नु गलत अनि भ्रम मात्र हो र पनि किन किन अचेल त्यसै त्यसै बित्दैछन् दिनहरु....तिम्रो खबर नपाएको पनि केहि दिन हुन लाग्यो,तिमीले नयाँ जीवन थालनी गर्यौ म असाधै खुशी छु र पनि म आफ्नो एक्लोपनले दुख्दै छु.... नियास्रो लाग्दै छ ति दिनहरु जुन फेरी कहिल्यै फर्कने छैनन... अलबिदा सहयात्री अब तिमीलाई नसम्झने प्रयास गर्नेछु....

3 comments:

  1. सुमन मञ्जरी,
    तपार्इको ब्लग पढेपछि केही शब्द लेख्न बाध्य भएँ ।
    सरल भाषाशैली, आफ्नै जीवनको कथा,सलल बगेको भाषाले मलार्इ तान्यो । कति वास्तविकता छ यो लेखार्इमा । म दंग पर्छु । कति ठाउँमा मलार्इ भाबुक बनायो । एकै लार्इन पनि धेरै पल्ट दोहोर्यार्इ तेहेर्यार्इ पढें । धेरै लाइनहरूमा आँखा अड्किए । त्यो मध्ये यो लाइन अझ तान्यो,

    'आफ्नो एक्लोपनले दुख्दै छु.... नियास्रो लाग्दै छ ति दिनहरु जुन फेरी कहिल्यै फर्कने छैनन. '

    म छापा माध्यमको पत्रिकामा काम गर्ने भएकाले होला तपाइका शब्दहरूसंग यति धेरै प्रेम बसेको । लोभ लाग्दो लेखाइ, भोगाइ र प्रस्तुतीले आकर्षित गर्यो । निरन्तर हिंडिरहनुस् । मेरो शुभकामना ।

    ReplyDelete
  2. आभारी छु यहाँको प्रतिकृयाको लागि लेख्नु मेरो पेशा त होइन सोख हो यहाँका जस्तै हौसलाले लेख्ने जागँर बढ्छ, धेरै धेरै धन्यवाद यहाँलाई यो हौसलापूर्ण प्रतिकृयाको लागि !

    ReplyDelete
  3. म त सधैँ हैासला दिइरहनेछु । नियमित रूपमा पढेर प्रतिक्रिया दिनेछु । र मन लागेका कुरा तपार्इ सामु राख्नेछु ।

    www.nraule.com.np

    ReplyDelete