चाँप र उसको प्रेम


चाँपको रुखमा पुगेर मात्रै उसले आफ्नो हरेक बिहानी थालनी गर्छ। घर सँगैको सानो बगैचामा गुलाफ,लालुपाते,र मौसम अनुसारका फूलहरु चाँपका साथी बन्न आउछन,तर नियमित भेट्ने भिन्न साथी उ हो चाँपको। खाना खानु भन्दा पहिले उ चाँपको रुखमा पानी हाल्न भुल्दैन। समय समयमा उचित मलजल  र उसको नियमित गोडमेलले चाँप पनि निक्कै सप्रेको  देखिन्छ। जसले उसको घर अनी बगैचाको पनि शोभा  बढाएको छ।

उ मेरो छिमेकी हो । मैले सुने अनुसार त्यो उसैको घर हो त्यहाँ उ आफ्ना परिवार सहित बस्छ। जुन दिन म दुलही भएर यस घरमा आएँ,त्यसैको भोलिपल्ट देखी मैले उसको चाँपको रुख सँगको प्रेम देख्दै आएकी छु। घरको छतमा घाम ताप्न निस्किदा होस् या अन्य कुनै कारण बाहिरफेर निस्किदाँ त्यो चाँपको रुख नियाल्ने गर्छु । उसको त्यस रुख प्रतिको लगाव देख्दा अनगीन्ती जिज्ञासा पलाउछन म भित्र । आफ्नो लागि नयाँ ठाउँ कसैसँग सोध्ने आँट आउँदैन।घरका कोही कसैलाई सोधुँ भने पनि भर्खर भित्रिएकी बुहारी कता कता के के चासो हो भन्लान भन्ने पिर, समय मिल्दा त्यै चाँपको रुख नियाल्दै उसको यस सँगको सम्बन्ध केलाउन थाल्छु आफ्नै लयमा।

 एक दिन म साँझ पख यसो घर नजिकै टहलिन निस्किदाँ सासुआमा पनि सँगै जाने हुनु भयो। कुराकानीको सुरुवात आँफै गर्न पर्ला भन्ने सोच्दै भनेँ-

आमा हामी पनि चाँप रोपौ न,त्यो पल्लो घरमा कस्तो राम्ररी हुर्केको रहेँछ नि।

'' ए पल्लो घरको चाँपको कुरा गरेकी?''

''हजुर हजुर । '' म अझै जिज्ञासु बन्दै मुन्टो हल्लाउछु।

हामिले त्यसरी कहाँ हुर्काउन सक्छौ र चाँप, छोराछोरीलाई भन्दा बढ्ता माया गरेको छ उसले त्यसलाई । चाँपको रुखमा पुगेर मात्रै उसले आफ्नो हरेक बिहानी थालनी गर्छ।तिमीले पनि त देखेकी छ्यौ त्यो  घर सँगैको सानो बगैचामा गुलाफ,लालुपाते,र मौसम अनुसारका फूलहरु चाँपका साथी बन्न आउछन,तर नियमित भेट्ने चाँपको अभिन्न साथी उ हो । खाना खानु भन्दा पहिले उ चाँपको रुखमा पानी हाल्न कहिल्यै भुल्दैन।त्यो चाँपको रुख उनिहरुको विवाहको दिन रोपेका हुन। बिचररी! कती राम्री थीइन, शिल स्वभाव पनि उस्तै मिजासिलो नहाँसी बोल्दिनथीइन। तर दैवलाई पनि राम्रो चिज नै चाडै चाहिने रहेँछ त्यसैले त छोराछोरी र उसलाई छाडेर उनैलाई पहिले बोलाए । छोरी ४ बर्षकी र छोरा दुई महिनाको मात्रै थियो तिनी जादाँ ।
टोलै रुवाएर गैइन बरा! हामीले आज भन्दा भोली भन्दा बिर्सदै जान थालियो तर उसले त दिन दिनै अझै सम्झदै छ। ति छोराछोरीको बिजोग हुन्थ्यो समयमै गाउँ देखी बा'आमा नआईदिएका भए। दिन रात त्यै रुख अँगालो हालेर टोलाउथ्यो पहिले पहिले त। न खानको ठेगान न सुत्नको ठेगान, स्वास्नि मरेको १० दिन नपुग्दै दोश्री भित्र्याउने यो समाजले जोईटिंग्रे भनेर गिल्ला पनि गरे तर उसलाई कसैको कुराले र हाँसोले कुनै प्रभाव पारेन। अझै बिहान बेलुका को केही समय त्यै रुख वरपर नै भौतारिन्छ।  भगवानले अन्याय नै गरेका हुन तेती राम्रो मिलेको जोडी कुबेलामा छुटाएर। अकाल मै मरिन बरा! एकैछिनको बेथाले। अस्पातल पनि लागेका थिए क्यारे तर हुने हुनामी किन टर्थ्यो र?

साझँको शान्त बातावरणमा मेरी सासु आमा निक्कै भावुक देखिनु हुन्थ्यो। मेरा भने आँखा टम्मै भरीइसकेका थिए आँशुले।सोच्दै थिए माया त त्यस्तो पो हुनु, ओहो कती त्याग अनी कत्रो तपस्या। ''हिँड जाउ घर स्याँठ चल्न थाल्यो टाउको दुख्छ ऐले''आमाको यो बोली सँगै त्यो भावुक प्रेमको संसारबाट यथार्थतामा ओर्लन मलाई कर लाग्यो। घर पुगेर त्यो प्रेमको प्रतिमुर्ती चाँप फेरी नियाले एक पटक अनी कल्पना गरेँ यै चाँप सँगै हुर्कदोँ उनिहरुको प्रेम ।


पराईको कुरै छोडौं


आफ्नैले चोट दिन्छन,पराईको कुरै छोडौं,
रिक्त्तता नै सब थोक,भराईको कुरै छाडौं ।

जित्दै जानु तिमी सधैं फैलियोस यश,
चुक्छु सम्म नसोच है हराईको कुरै छोडौँ ।

पहाड तेरो हिमाल मेरो चुली कस्को भाग ?
हानाहानमा भित्रीमधेस,तराईको कुरै छोडौं ।

निसास्सो पो लाग्छ सम्झदैमा अचेल त,
बढ्ने नै हो महंगी त झराईको कुरै छोडौं ।   

''तै रानी मै रानी कल्ले भर्ने पानी'' भा'छ,
सिन्को सम्म भाँचिन्न्  काम गराईको कुरै छाडौं ।। 

पर्खाइ


जब जब पृथ्वी र आकाशको संघारमा
सुर्यले टेक्छ,
उसै बेला उ त्यो पारीको डाँडामा
पिपलको मुन्तिर,
दूर देश देखी,
तिम्रो याद बोकी ल्याउने हावा पर्खन्छु।

हरेक गोधुली आशले भरिन्छ
कतै आज त्यो हावा आउला कि?
अविदित यात्रामा निस्किएको,
गन्तब्य थाहा नलागेको
अनी,
पटक पटकको रिक्त्तताले निरास,
यात्री झैँ  नभई
हर दिन उही समयमा
यी पाईला सधैं त्यहीँ पुग्छन,
तिनै हावाको आशमा ।

बिहानी प्रहर सँगै झस्किने
हर सपनीमा तिमी हुन्छौ,
तिमी निस्फिक्री सँग
एक झोक्का हावा पैचोँ लिएर
आफ्ना ति सुगन्ध पठाईदिनु,
तिमी त्यै हावा सँगै सर्वत्र फैलनु,
ताकी यो भागदौड,
अनी ,
खिचातानीको जिन्दगीबाट
म एक्कैछिन सुस्ताउन सकुँ,
तिम्रो सुगन्ध बोकी आएको हावा सँगै ।

प्रेमको प्राचिन मिठास बोकाई पठाउनु,
ताकी, तिम्रो नि:स्वार्थ प्रेमको तरलतामा
म चुर्लुम्ब डुब्न सकुँ,
चाँदनी रात झै आउनु यादमा,
जहाँ म आफ्नो सारा जीवन नियाल्न सकुँ,
जंगली फुल झै फक्रनेछु म तिम्रो सम्झनामा,
सहेर सारा ब्यवधानहरु ।।

नियती यो नहोस् कि,
तिम्रो पर्खाईमा उठ्ने यी कदमहरु,
टक्क अढियोस क्षणिक विलम्वले,
लछारपछार भई, निरिह हुँदै,
कालान्तर देखी साँचेको सपना
एकै पटक चक्नाचुर होउन,
कसैको एकै बोलिले
दिवास्वप्नाको नाममा ।।

मसानघाटमा जल्नै पर्ने

मसानघाटमा जल्नै पर्ने,लास जिन्दगी,
बाँचुन्जेलको दुई मुठ्ठी न,सास जिन्दगी ।।

दु:ख सुख भन्नु दिन काट्ने मेलो न हुन,
नियती सँगै परिवेशको, दास जिन्दगी ।।

पाईला पाईला ठेस लाग्छ लक्ष्य दुर् हुन्छ,
रात पछी आउँला बिहान,आस जिन्दगी ।।

हिलैमा कमल फुल्छ रहस्य बुझ्नु,
यै दुनियाँ माझ रोज्नु पर्छ,खास जिन्दगी ।।

मसानघाटमा जल्नै पर्ने,लास जिन्दगी,
बाँचुन्जेलको दुई मुठ्ठी न,सास जिन्दगी ।।





क्यान्टिन गफ

''आज सर अलिक ढिलो आउनुहुन्छ रे'' भन्दै एउटा साथी कक्षाकोठा प्रवेश गर्छ । हल्ला र खुशीले कक्षा नै जुरुक्क उचालिन्छ । विद्यार्थी आखिर विद्यार्थी नै हो चाहेँ स्कुलका हुन या क्याम्पसका । सरको बोरिङ्ग लेक्चरबाट एकैछिन फुत्किन पाएका हामी गुरुरु कक्षा नै रित्तो पारेर क्यान्टिन पस्छौ चिया र तातो पकौडा खाने सुरले । अर्को क्यान्टिन बन्द भएकोले होला भिड निक्कै छ। हामी अलि खाली टेबुल हेर्दै खाँदखुद भएर सबै एकै बेन्चमा अटाएर बस्छौ। हामी भन्दा पछील्लो बेन्चमा दोस्रो बर्ष(मास्टर)का दिदिदाजुहरु पहिले देखी नै बस्दै हुनुहुन्थ्यो। सायद उहाँहरु कुनै बिषयमा कुरा गर्दै हुनुहुन्थ्यो, जसले त्यहाँको माहोल तताएको भान तुरुन्तै पाईन्थ्यो ।
हाम्रो ग्रुप पनि चिया र पकौडा लिएर आई खादै गफमा मस्त थियो तर मेरो ध्यान भने अघिनै देखी हामी भन्दा पछाडि तिर तानिदैँ थियो। साथीहरु के भन्दै थिए त्यता ध्यान नदिएर म पछाडिको बहस सुन्दै थिएँ, कुरा कहाँ देखी सुरु भयो थाहा थिएन तर जती सुने त्यती अनी त्यस्तै यहाँ लेख्ने कोशीस मेरो ।
बेन्चमा हामी झै खाँद्खुद भएर आठ जना बसेका थिए जहाँ तीन जना केटा र पाँच जना केटीहरु छन। तर बहस भने दुईजना बिच केन्द्रित छ अरु भने यदाकदा आफ्न बिचार मात्र राख्छनधेरै बोल्दैनन, लाग्छ ति यो जाडोमा चिया र पकौडा खान मै मस्त छन तर ति दुई भने चिया र पकौडा भन्दा आ-आफ्ना तर्कमा ध्यान दिँदैछन ।
लामो कपाल भएकी,गोरी र पातली वक्ता १
छोटो छोटो कपाल भएको काले काले केटो वक्ता २
कपाल छाडेकी र चस्मा लगाउने कहिले कहीँ मात्र बोल्ने केटी वक्ता  ३
चस्मा लाउने केटो वक्ता ४
वक्ता १ : ल तिमी भन आफ्नो बिचार, यो समाजको हैन दुनियाँको हैन तिमीलाई के लाग्छ ? के यो सहि हो?
वक्ता २: म एक जनाले बुझेर या मानेर मात्र यो हुने त हैन नि, हामी जुन समाजमा हुर्केका छौ त्यो समाजले यसलाई मान्दैन। यहाँ छोरीमान्छे नै दोषी देखाउने चलन छ । हो म तिम्रो कुरामा सहमत छु कि छोरा मान्छे र छोरी मान्छे दुबैको बराबरी हात हुन्छ ति दुबै उतिकै दोषी हुन्छन र पनि टाउको छोरीकै झुकाउछ यो दुनियाँले, छोरा मान्छे कहीँ कहिलै झुक्दैन अनी उसलाई झुक्न वाध्य पनि पारीन्न ।
वक्ता १: तर जे सुकै होस् म मान्दिन यो चलन। मलाई साह्रै रिस उठ्छ यो देख्दा कि यहाँ एउटा केटाले चार पाँच वटी केटी सँग जिस्किन्दाँ केही हुन्न, उल्टै साथीहरु माझ उ रवाफी भन्छ तर त्यहीँ कोही केही अली फ्रयाँन्क,हाँसेर बोल्ने र सबै सँग घुलमिल हुने स्वभावकी भए मान्छेहरु सोच्छन कि यो त सजिलै ओछ्यान सम्म पुग्छे। कती घटिया सोचाई हुन्छ मान्छेहरुको छि!
वक्ता ३: अनी नमानेर के गर्छेस हँ? तैले नमान्दैमा यो समाज आजको  भोली फेरिन्छ ?
वक्ता ४: अनी तिमेरुले याद गरेका छौ कि छैनौ यी यस्ता समस्या भनेको पढेलेखेका र आधुनिक भन्नेहरुको बिचमा मात्र छ ।
वक्ता १: तिम्रो कुरा ठीक हो। आफुलाई खुब आधुनिक र बुद्धीमानी ठान्नेहरुको अन्तर आत्मामा लुकेको पाखण्डीपनको यो भन्दा ठुलो अर्को नमुना के होला र? अझै प्रपोज गर्छन् यदी प्रपोज स्विकार भयो भने ए, फलानी त कस्ती एकै पटकमा मान्दी रहेँछे, कुन्नी कती जनासँग पो सम्बन्ध गाँसिहोली यसले, दुई चार दिन मस्ती गरुँ अनी देखाजाएगा भनेर साथीहरु माझ रवाफ देखाउँछ। यदी प्रपोज अस्वीकार भए पनि ए यल्ले त मलाई उल्कै गर्दै थीइ, यस्तीलाई कस्ले बाल दियोस,मलाई खुब फसाउँला  भन्नी सोचेकी थीइ होला कहाँ म त्यती सजिलै फस्छु र भन्छ र आँफै चोख बन्छ, ठुलो पल्टिन्छ। अब तिमेरु नै भनओ त यी दुईटै अवस्थामा किन छोरी मान्छेको मात्रै बेईज्जत हुन्छ?
वक्ता २: होलान एकाध त्यस्ता होलान, त्यसो भन्दैमा सबैलाई एउटै काँटिमा राख्नु पनि त गलत हुन्छ नि हैन र भन्या ?
वक्ता १ तिम्रो कुरा ठिकै हो। सबै तेस्तै नहोलान तर धेरै त्यस्तै छन, तिमी मान या नमान। राम्रो उदाहरण मैले आँफै फेला पारेकी छु यसको। मैले भेटेका मध्ये ९९.९ मान्छे त्यस्तै छन। बाँकी ०.०१ होलान छैनन भन्दिन।
''ओई सर आउँनु भयो रे, जाउ कक्षातिर'' भनेर सबै उठेर कक्षातिर लागे। ''ओई चाडो  आईज भन्या'' अर्कीले फेरी हात तानेर घिस्याई ।उनिहरुको बहस कती बेला कसरी टुंगियो कुन्नी  म भने तानिदै कक्षा तिर लागे। सरले के पढाउनु भयो केही बुझिन। मेरो मन,मष्तिस्कमा ती वक्ता १ दिदीको कुरा खेल्दै थियो। ओल्टाई पल्टाई ति दिदिको कुरा सम्झन्थे चित्त बुझ्थ्यो। साँच्चै किन यस्तो हुन्छ होला हँ ??
हिजो देखी म यिनै कुरामा अल्झिएकी छु ।

डायरिबाट

तिमीलाई नसम्झेको त दिन,हप्ता मात्र हैन महिनै पो हुन लागेछ । कुनै बेला थियो जब म दिन र घण्टा त टाढाको कुरो एक मिनेट पनि तिम्रो याद बिना बस्न सक्दिन थिएँ। खै किन तिमी तिर त्यती धेरै एकहोरिएकी थिएँ अहिले सम्झदाँ आँफै छक्क पर्छु। तिमी सँग जिन्दगी बिताउने रहर भनौँ या सपना त थिएन मेरो,यो सबै अर्कैलाई साँचिसकेको अवस्थामा पनि खै कुन आकर्षणले म तिमीतिरै एकहोरिएकी थिए अझै थाहा छैन। जे होस् अहिले सम्झदाँ साँच्चै रमाईलो जोक लाग्छ त्यो बेलाको आफ्नै अवस्था। कुनै नाटकको एक भाग जस्तो । तिमी कुरा गराई अनी ब्यवहार नै होला कि त्यो आकर्षण।
त्यो तिमी प्रतिको एकहोरोपना के का लागि अनी किन थियो त्यो त अझै स्पस्ट भएको छैन तर उतिबेला जब तिमीले आफुलाई मौनता भित्र लुकाउथ्यौ तब भने मेरो मन साँच्चै दुख्थ्यो। एक खाले छट्पटी र बेचैनी खुब बढेको थियो। तिम्रो स्वभाव त्यै थियो या मेरो एकहोरोपनको कारण  आफुलाई मौनताको खोल भित्र लुकाएका थियौ होला ? तिमीले वस्ता नगरेँ झै लाग्थ्यो, भित्र भित्रै मन चिढिन्थ्यो तिमी सँग तर तिमीलाई केही भने आँट हुन्नथियो । तिमीलाई म सधैंको लागि भुल्न चाहन्थे तर कसरी अलमल्लमा थिएँ।जब जब तिमीलाई भुल्छु भन्थे त्यतिखेर झन झन तिमीलाई सम्झन्थे। तिमीलाई भुल्नु असम्भव जाने देखी भने मैले तिमीलाई भुल्ने रहरलाई भुलिदिए । अब जती तिमी याद आउथ्यौ म तिम्रै यादमा हराईदिन्थे, याद आउन्जेल सम्झिदिन्थे।
आज समयले साँच्चै कोल्टो फेरेछ। जुन दिन देखी तिमीलाई दैनिक सम्झन्छु र मनमा ठाउँ दिन्छु भनेर आँफै सँग सम्झौता गरे त्यस दिन देखी तिमी याद आउथ्यौ,केही पल तिम्रै यादमा बिताईदिन्थे अनी तिमी जान्थ्यौ म आफ्नै काममा लाग्थे। आन्तत: आज यस्तो दिन आयो कि जुन दिनको खोजी मैले उतिखेर खुबै गरेकी थिएँ। अचेल तिमी मलाई त्यती याद आउँदैनौ,खै किन आउँदैनौ करण कहिलै खोजिन तर दिन दिनै तिमीलाई सम्झने समय छोटिएको आभाष पाएँ।
आज न त तिमी सँग गुनासो छ न त तिमीलाई भुल्ने रहर नै,न त मन दु:खाई नै छ कि तिमीले बेवस्था गर्यौ भनेर। आज म खुशी छु। यदाकदा तिमी सँग भेट हुँदा पहिले झै कुराकानी हुन्छ।तिमी पनि आफ्नै दुनियाँमा खुशी होलाउ है। तिमीलाई मनमा राखिदिए तिमी बस्यौ पनि त्यसैले अब याद आउन्नौ अनी मन दुखाउदैनौ पनि।थाहै नपाई याद हराएछ,बेचैनी र छट्पटी हराएछन। छ त केवल यदाकदा तिमी याद आउँदा तिमीलाई सम्झेर एक्लै सुटुक्क आउने मुस्कान अनी म ।।

कविता

भुकभुके उज्यालो नहुँदै
सुनसान रातमा
चलमलाउँछ रात झै एक छाँया ।।

अस्पातलको एउटा कुनोबाट
अस्पातल बिउझनु भन्दा पहिले,
डाक्टर,नर्स उठ्नु अगावै,
वरपरका कुरुवा र बिरामी हाई काड्नु अगावै,
सुटुक्क फाल हान्छ झ्यालबाट एउटा छाँया
ढोकाको पालेले नथापाओस भनेर ।।

सडक सडक झैँ लाग्दैन उस्लाई,
हिँडाई हिँडाई झैँ लाग्दैन उसलाई,
के भा'को यस्तो ?
एक्कैछिन घोरिएर फेरी
सुलुलु ओरालो झर्छ आफ्नै गतिमा।।

खै हिजो सम्म यो सडक भरी भएका खाल्डाखुल्डी,
खै दाँयाँबायाँ उभिएका धुपी र केतुके,
खै त्यो फोहोरको डङुर,
खै.....
खै....
खै......
कस्को लास होला त्यो बिहानै धुवाँ बनिरहेँको,
कस्तो मै जस्तो रहेँछ,
बरा! अल्पायु मै मरेछ ।।    

आफ्नै कुरा

जीवन एक यात्रा। अनेकौ मोड अनी घुम्तिहरु आउछ नै। अनेकौ मोडमा अनेकौ सहयात्री पनि भेटिन्छन फरक यत्ती हो कती थाहै नभई  छुट्छन भने कती केही समय सम्म याद आउछन। र अन्तत: ति पनि हराउछन यही दुनियाँमा। यी सब भन्दा भिन्न कोही भेटिन्छन्, मनलाई छुन्छन,थाहै नपाई ति आउछन हाम्रो जीवनका सुख दु:खमा सहभागी हुन। दिन,हप्ता,महिना गर्दै सयम बितेको थाहा हुँदैन। फेरी एक दिन यस्तो आउछ ति सहयात्री सँग पनि छुट्टीनु पर्छ। तब यो  किन सोच्न सकिन्न कि त्यस्ता सहयात्री पहिले पनि छुटेका थिए अनी फेरी भेटिन्छन् र छुट्छन।   
यही त रहेँछ गराई र भोगाईको फरक । सुन्दा जती सहज लाग्छन,यी कुरा ब्यवहारमा उतार्न उत्ती कठिन। जो कोहीलाई भुल्छु भन्नु उसलाई झनै याद गर्नु रहेँछ। मन भरी छुट्नुको पिडा हुन्छन,आँशुहरु थाहै नपाई गूड्किन्छन।  एक तमासको छट्पटी र बेचैनी मात्र हुन्छ। बुवा,आमा,दाजु,दिदी सबै माझ हुँदा पनि केही नपुगे जस्तो, केही छुटेँ जस्तो, उसैको अभाव र उसैको कमी। के भयो ? को जवाफ दिन नसकेर नजवाफ बन्नु अनी मौनता भित्र आँफैलाई लुकाउनुको सिवाय केही छैन झैँ लाग्छ। कामकाज एकातिर थन्क्याएर उसैको बियोगमा आसुँ बगाउनु बन्छ अभिन्न हिस्सा बन्छ  दैनिकीको।
मन भित्रको उकुसमुकुस र बह पोख्ने कोई नहुँदा एक्लै एकान्तमा घण्टौ रुनेहरु पाईलै पिच्छे भेटिन्छन् । सबैका सामु आफुलाई सहज उपस्थिती गराउने तर एकान्त पाउन साथ टोलाउनेको जमात थुप्रै छ। यी सबै जिन्दगीका बिशेषता रहेँछन। जसरी हुन्छ 'जीवन'नामको एक यात्रा पार गर्नु छ। हाँसो,आँशु,दुख,सुख सबै यही यात्रा क्रममा भेटिने मोड र घुम्ती रहेँछन ।। 

गजल (हाँस्न लागे मखमली सयपत्री सँगै फुल्यो।)


फुल खेल्यो सेतो कोदो फाँट भरी धान झुल्यो,
हिलो मैलो बर्षा हट्यो आकाश र धर्ती खुल्यो ।।

परदेशी फर्किए सम्झेर आफ्नै घरदेश,
हर्षोल्लास अनी भेटघाट दु:ख पीडा भुल्यो ।।

पुजिन्छ कर्मठ,लक्ष्मी अनी भैरब बाहान,
घर घरमा खबर दिन यमदुत डुल्यो ।।

टाढिएका भाईचेली हुँदैछन् है फेरी भेट,
हाँस्न लागे मखमली सयपत्री सँगै फुल्यो ।।

गजल



तिहारले छायो र त दाजुभाई सम्झी रोएँ ।
गाउँ याद आयो र त दाजुभाई सम्झी रोएँ ।।

आँगन छेउमा फुलेको मखमलीले हाँस्दै,
कैले टिप्छ्यौ सोध्यो र त दाजुभाई सम्झी रोएँ ।।

आउँलान मेरा दाजु भन्दै कती बाटो कुरुँ,
आशा मर्दै गयो र त दाजुभाई सम्झी रोएँ ।।

उनिएन मखमली न त लर्क्यो सप्तरङी,
पीडाले  मन् खायो र त दाजुभाई सम्झी रोएँ ।।

सम्बन्ध भाईचेलीको नहुँने छुट्न कहिलै,
'देउसी'ले गायो र त दाजुभाई सम्झी रोएँ ।।

म र मेरा नौ........... जम्मा दश :) म र मेरा बाल्यकालीन साथीहरु ।

     कुरा मैले स्कुल थाले देखी आज सम्मकै हो। मेरो घर नजिकै छ जालपा देवी स्कुल,त्यहीँबाट मैले मेरो पढाई सुरु गरेकी हुँ।एक कक्षाबाट दुईमा पुग्दा हामी १० जना पास भएका थियौ। चार कक्षा सम्म हामी मात्र थियौ। चार कक्षामा भने नजिकैको अर्को गाउँ देखी पाँच जना साथी थपिएर हामी १५ जना भएका थियौ। यसपाली दसैंमा घर जादाँ नौ जना (म बाहेक) कहाँ कहाँ के के गर्दै होलान भनेर खोजी गरेँ। बाँकी पाँच अर्को पल्टलाई।
               एउटा अरेन्जबल चकलेट सम्म ढुङ्गामा फुटाएर बाँडेर खादाँको स्वाद अझै भुलेकी छैन,उनिहरुले पनि पक्कै भुलेका छैनन होला। नुन कस्ले ल्याउने अघिल्लो दिन नै सल्लाह हुन्थ्यो तर कागती र निबुवा भने सधैं मेरै भागमा पर्थ्यो। घर नजिक भएकोले हाफ्ट्याममा चोर्न सजिलो। कुडाँरको कागती र निबुवा खुबै चोरे मैले आफ्ना साथीका लागि। गाली पनि खाएँ बाआमाको, तर चोरेका  कागती र निबुवा साथीसँग बाँडेर खादाँको स्वादले गाली सजिलै भुल्थे म। अर्को दिन फेरी उही प्रकृया। यीनै बाल्यकालीन सम्झनामा समेटिने मेरा साथीहरु जो आज भेटघाट नभएको बर्षौ भए पनि उतिकै आत्मिय लाग्छन। नयाँ साथीहरु बनेका छन अनी बन्दै पनि छन तर पनि ती बाल्यकालीन यादहरु कहिलै धमिला नहुने रहेँछन। हाम्रो मिल्ती देखेरै होला बिगतकेही बर्ष देखी गाउँ फर्कने जती मेरा यी साथीहरुलाई मेरी आमाले नै घरमा बोलाउनु हुन्छ। दसैंका केही दिनहरु मध्ये एक दिन म र मेरा साथीहरुलाई दिनुभएको छ मेरी आमाले। आज म मेरा यिनै साथीहरुलाई  सम्झदै छु  ।

१.शेरबहादुर तमाङ 
''सेरे'' उसलाई हामीले बोलाउने नाउँ। उ हामी सबै भन्दा उमेरका हिसाबले अलिक ठुलो। छ कक्षाको पढाई आधा जती भए पछी उसले स्कुल छोड्यो,पढाई राम्रै थियो उस्को हामीले पढ त भनेउ तर खै किन हो उसले फेरी पढ्न मानेन  त्यस्को एक दुई महिना पछी बिहे गरेको थियो। बिहे पछी उ सँग खासै भेटघाट भएन। यसपाली दसैंमा घर जादाँ उसको घर सम्म पुगेँ । छोरा छोरी हुर्किसकेका रहेँछन। उ भने खाडी तिर रहेँछ। खेतिपाती ,घर ब्यवहार उसकी बुढीले सम्हाल्दी रहिछिन। ''कहिले कै फुन गर्च अनी खर्च पनि पठाउच,मिले माक(माघ)मा नत्र आर्को दसैंमा आउच रे''  कहिले आउँछ रे अब भनेर सोध्दा यसो भनिन र आफ्नै काममा लागिन ।
२. देबकी खनाल
नातामा उ मेरी भदैनी पर्छे। दाहिने हातको माईली र माझी औंला चुस्थी त्यसैले उसलाई हामी औली भन्थ्यौ। दाई(उसको बुवा) गाउँका जान्ने सुन्ने अन्तर्गत पर्नुहुन्छ र पनि खै किन हो आठ कक्षामा पढ्दा उसको बिहे गरिदिए। बिहे अघी त खुब रोएकी थीइ बिहे पछी भने खुशी नै देखिन्थी ! बिहे पछी पनि उ पढ्न त आउथी तर नौ कक्षाको आधा आधी भएपछी भने उ स्कुल आउँन छोडि। माईत आउँदा यदाकदा भेट हुन्थ्यो । लगत्तै उसले छोरी पाई रे भन्ने सुने । यसपाली टिका लगाउन त दुई वटी छोरी अघी लगाउँदै पो आई ।

३. नानीमैयाँ घिमिरे
पछी नाम फेरेर अप्सरा राखे पनि उसलाई हामी नानीमैयाँ नै भन्थ्यौ। उ मेरी दिदी(ठुलबाकी छोरी)की छोरी हो। मावल बसेर पढेकी थीइ। तर आठ कक्षा पछी भने उ आफ्नै घर गएर पढ्न थाली। र पनि मावल आउँदा उ सँग भेट त हुन्थ्यो नै। उ मेरो गोठाल्नी साथी पनि हो । त्यसैले उ मेरी स्कुल अनी घर देखी लिएर बन सम्मकी साथी हो। परार साल बिहे गरेकी उ यसपाली मामाघर टिका लगाउन आउँदा त छोरी बोकेर पो आई। पढाई छोड्दिएँ मैले त तेरो कहाँ पुग्यो? लौ राम्ररी पढ्नु है हाम्रो त्यस्तै भैहाल्यो त भन्दै थीइ।

४.सीता घिमिरे 
१,२,३,४,५, पछी ६,७,८, भिन्दै स्कुलमा पढेर हामी फेरी ९ र १० मा भेटिएका थियौ। SLC पछी काठमान्डौ बसाईको क्रममा पनि एकाध भेट भएको थियो। उसले सशस्त्र प्रहरीमा जागिर खाएपछी पनि पाटनढोका तिर कहिलेकहीँ भेट हुन्थ्यो। पहिले राम्रो पढ्ने उसले जागीरे भएपछी पढाई भने बिगारी छे । यस्पाली दसैंमा उसलाई भेट्न खोजे तर भेट भएन ।

५.रामबावु श्रेष्ठ 
कक्षामा सायद कोही सँग मिल्दैन थियो,त्यसैले सधैं एक्लै एक्लै हुन्थ्यो र पनि माथिल्ला कक्षाकाले हामी सँग झगडा गर्न आउँदा तिनेरु हामी सम्म  नआईपुग्दै उसले कुटेर फर्काउथ्यो। यसर्थमा उ हाम्रो कक्षाको  गार्ड नै थियो। ९ कक्षा तिर फेल भएर पढाई छोडेको थियो। एकाध बर्ष पछी मलेसिया गएको थियो, यसपालीको दसैंमा पनि उतै रहेँछ। उ सँग भेट नभएको त तीन चार सालै पो भो कि त ।

६.नारायण श्रेष्ठ 
सबैले 'काले' भन्थे सानो छदाँ। अली ठुलो भएपछी भने  उसलाई नामबाटै बोलाउथ्यौ हामी। स्कुल पछी सधैं जसो भेट नभए पनि दसैं तिहार मा गाउँ फर्कदाँ भने सधैं हाम्रो भेटघाट हुन्थ्यो। स्कुलका अन्तिम दिनहरुमा बिना बिथ्थैमा हामीलाई गाली गर्ने र अरुले गरेको गल्तीको दोष समेत हामीलाई दिने पल्लो गाउँको( हाईस्कुल जादाँ बाटोमा पर्ने गाउँ) एउटा मान्छेको बारीमा लगाएको साग,काउली लगाएतला तरकारी उखेल्दिने हाम्रो चार पाँच जनाको समुहमा उ पनि पर्छ। काठमान्डौ मै भएर पनि पोहोर दसैं देखी भेट नभएकोले यसपाली घर जादाँ  सँगै जाने फोन सल्लाह अनुरुप सँगै गाउँ गईयो। खुब रमाईलो भयो यात्रा । पढाई भने छोडेको छ फेरी पढ भने 'ल' चै भन्थ्यो खै के गर्छ अर्को दसैंमा थाहा होला ।

७.नवराज श्रेष्ठ
कहिलै नरिसाउने स्वभाव कै कारण उ सबैको प्रिय थियो/छ। उसको मादल बजाउने बिशेष कलाको कारण उ निक्कै चर्चित पनि छ। सात गाउँ चिनिएको भन्दा पनि फरक नपर्ला। मैले आफ्नो घरको कुडाँरबाट चोरेका कागती र निबुवा अनी चकलेट फोरेर भाग लगाउने जिम्मा धेरै जसो उसैले पाउथ्यो। हरेक दसैंमा घरमै हाम्रो भेट हुन्थ्यो। यसपाली दसैंमा हामी तीन जना(नरायण सहित) सँगै भएकाले फेरी एक पटक हामीले तिनै कागती,निबुवा अनी साग,काउलीको कथा सम्झियौ र हाँस्दै बाटो काट्यौ। यसले पनि पढाई छोडेछ। नर्थ फेसको झोला बनाउँने ठाउँ उसको अफिस भएकाले मलाई झोला गिफ्ट दिन्छ रे अर्को दसैंमा। ;)

८. दिपक(राजकुमार) अधिकारी
उसकी दिदी र मेरी दिदी सहपाठी भएकाले दिदिहरु सधैं जसो सँगै हुने हुँदा हामी पनि सँगै पढ्ने गर्थ्यौ। कक्षाको फस्ट सधैं उही हुन्थ्यो। निमावी को पढाई सके पछी उ काठमान्डौ पढ्न भनेर आयो। तर पनि घर गएको बेलामा उ हाम्रै घरमा आईपुग्थ्यो। अलिक भिन्दै गोरो थियो त्यसैले उसलाई मेरी दिदी अनी बाआमा गोरे भन्नु हुन्थ्यो/भन्नुहुन्छ। पढाई छोडेर धन कमाउन झण्डै दुई महिना अघी मात्र दुबई गएकोले यसपालीको दसैंमा गोरे हाम्रो घर आएन।

९. दिपक श्रेष्ठ
हामी  त्यस्तो साथी थियौ जो कक्षा एक देखी १० सम्म सँगै पढेका हौ। अरु केही पछाडि छुटे केहीले पढाई छोडे भने कतिले गाउँ। बिहान बेलुकाको कोचिङ कक्षा जादाँ,खाजा खादाँ हामी सधैं सँगै हुन्थ्यौ। हाम्रो उमेर पनि समान थियो। ''कान्छा'' उसको हामीले मायाले बोलाउने नाम हो। स्कुल पढ्दा उसलाई खुबै सताउथे केटीहरुले किनकी निकै लजालु थियो। जो जो पछी लाग्थे हाम्रो ग्रुपले तिनेरुको सातै लिन्थ्यो स्कुलको माझमा जिस्क्याएर। SLCमा स्कुल टप गरेको थियो। BBSतिर पुगेपछी भने पढाई बिगारेछ अनी गाउँ फर्केर हामीले बाल्यकालमा पढेको स्कुल(जालपा देवी जुन भर्खर निमावी भएको छ)मा एक वर्ष पढाए पछी हाल साउदीमा छ। भर्खरै ५/६ महिना मात्रै भएकाले यसपाली हामी सँगै गाउँ र हाम्रो घरमा आएन ।

१०.म(सुमन मञ्जरी)
यी सबै जसरी जसरी मेरा साथी भए उसरी नै म यिनिहरु सबैकी साथी हुँ। कक्षामा कान्छी र घरकी पनि कान्छी छोरी भएकीले सबैले मलाई कान्छी नै भन्छन। बाल्यकालमा  स्कुल सँगै पढेका ती साथीहरु अहिले मेरो क्याम्पसमा कोही छैनन सबैले लगभग पढाई छोडिसके। अहिले पनि जब दसैं आउँछ,जब गाउँ गईन्छ तब त्यै स्कुल अनी निबुवा र कागती चोर्ने कुडाँरले मलाई पुन: तिनै दिनहरुमा पुर्‍याउँछ। फेरी एक पटक खाजा बाँडेर खाने,अनी निबुवा,कागती र चकलेट फोरेर खाने मन छ।

दिन,महिना र बर्ष गर्दै आज स्कुल सकेको पनि ६ बर्ष बितिसकेछ। हिजो झै लाग्छ निबुवा र कागती चोर्दा आमाको गाली खाएको। उफ्फ चाहेँर पनि रोक्न नसकिने यो समय हामीलाई पछाडि छोडेर अघी बढेको बढ्यै पो रहेँछ।

परदेशी फर्केर आईदिए दशैँ रमाईलो हुन्थ्यो कि...

साँझ पर्न थाले पछी आकाशमा देखिने सुनौला बादल अनी यसले छर्ने लालिमाले,रेडियो टेलिभिजन र रिङ्ग टोन भएर मबाईलमा बज्न थालेको मालश्री धुन दशैँ आएको को झ-झल्को दिलाउँछ। यस सँगै भदौरे झरीबाट मुक्त हुँदै हरियै भएका पाखा पखेरा, झुल्न ठीक्क परेको धान,कोपिला लाग्ने तर्खरको सयपत्री,मखमली,गोदावरी, फूल खेल्न लागेको कोदो र पहेँलपुर घैयाले दशैँ भित्रिन लागेको संकेत गरेको छ।
      जसै जसै यो दशैँ हरेकको घर आँगनमा भित्रिन्छ तिमी मनभरी,मुटुभरी दुख्छौ अनी पोखिन्छौ आँखाको साहारा लिएर । तिमीलाई पनि परदेशमा घरदेश पक्कै दुख्दो हो । तिमीबिनाकोदशैँ सधैं नियास्रो मानेर मलिन अनुहार सहित भित्रिन्छ अनी उसैगरी चुपचाप बिदा हुन्छ । दोबाटोको पिङ, आँगन छेउको भिमसेनपाती,उखु र भण्डारको जमरा तिम्रो बाटो हेर्दै तिम्रो अभावमा दशैँ मनाउँछन मलिनो अनुहारले ।
      गाउँ साह्रै शुन्य छ तिमी नहुँदा, सके सम्म छिट्टै फर्कनु है। यहाँ सबै तिम्रै बाटो कुर्दै छन । धेरै भयो परदेशी भएको अब फर्क। परदेशको धनले खुशी किन्न नसक्ने रहेँछ परदेशी। आफ्नै गाउँ घर, धुलो माटो,प्यारो छ। परदेशको बसाईले तिम्रो मन फेरियो रे अब यी सबको लागि तिम्रो माया सकियो रे भनेर खुबै हल्ला चलेको छ । म कसरी सहनु यो सबै? तिमी उही मन अनी उही आफ्नोपन लिएर फर्कनु है । यसपाली तिमी नआई यो मनमा दशैँ नभित्र्याउने भएकी छु मैले । 

पत्रात्मक कथा 'बिन्नी'


मेरी बिन्नी, सदा झैँ माया

तिमी पक्कै आराम छ्यौ होला, हेर मलाई पनि तिम्रो मायाले बिसञ्चो हुन दिएको छैन

यहाँको चहलपहलले लाग्दै फेरी दशैँ आउँने बेला भयो तर, मलाई के दशैँ के तिहार मेरो दुनिया सिमित भएको बिन्नी अचेल संसार भनेकै यही अँध्यारो कोठा मैले यहाँ तिन दशैँहरु बिताईसकेँ, यो चौथो हुनेछ अरु मेरा कैयौँ दशैँहरु यहाँ यसरी नै बित्नेछन अनि थाहा बिन्नी, मैले  हरेक दशैँमा तिमीलाई एउटा पत्र लेख्ने गरेको छु तर अफशोच! तिमीसम्म यी पत्रहरु पुराउन कसरी सकुँला मैँले

बिन्नी, जब जब दशैँको चहलपहल सुरु हुन्छ, मलाई त्यसै बैराग्य लागेर आउँछ   त्यो अँध्यारो दिनको -झल्कोले यो मन अझै पनि चिरा चिरा हुन्छ अहिले लाग्छ त्यो दिन तिमीले भनेको नमानेर तिम्रो घर नगएको भए.... त्यस्तो हुन्थ्यो आज यो दिन आउँदैन थियो होला है हुन ''हुने हुनामी टर्दैन'' भन्ने भनाई पनि , त्यै पनि के हुन्थ्यो के हुन्थ्यो झैँ लागिरहन्छ मन भन्नु भुसमा लागेको आगो रहेछ बिन्नी,आज त्यही आगोमा दिन दिनै पोलिएको छु

बिन्नी, हामीले एक अर्कालाई गरेको अगाध माया नै हाम्रो लागि अभिशाप सिद्ध होला भन्ने हामीले कसरी सोच्थ्यौ है स्कुल देखी सुरु भएको हाम्रो सहयात्रा क्याम्पसका दिन सकिन लाग्दा मेरो पारिवारिक अवस्थाको कारण मैले पढाई पुरा नगर्दै खाडी भासिनु पर्दा मात्र छुटेको थियो तिमी आमाबाबुकी एक्ली छोरी अनि मेरी प्यारी बिन्नी भएर हामी सबैको सपना साकार गर्न पढ्दैँ थियौ आफु परदेशी बने पनि तिमी पढ्दै थियौ यसर्थ; खुसी थिए भौगोलिक रुपमा हामी टाढिए पनि हाम्रो मन टाढिएको थिएन नि है तिम्रा लामा लामा मेलहरु पढ्दा खानाखाने समय सकिएर आफु भोकै परेको सम्म भुल्दथें कती मायालु हुन्थ्यो तिम्रो लेखाई हरेक शब्द शब्दमा तिम्रो उपस्थिती प्रष्टै देखिन्थ्यो

घरमा तिम्रो बिहेको कुरा हुँदा तिमीले मेरो बारेमा बाबुआमालाई भन्दा उहाँहरुले हाम्रो बिहे हुन सक्दैन भन्नु स्वाभविकै पनि थियो सामाजिक,आर्थिक असमानताहरु अझै पनि हाम्रो समाजबाट पुरै कहाँ हट्न सकेको बिन्नी परिवारकी एक्ली छोरी तिमीले आमाबाबुको ईच्छा बिपरित बिहे नगर्ने भनेर मलाई क्याम्पसका दिनमै भनेकी थियौ यसो भन्दा तिमीमा एउटा अर्को विश्वाशसँगै थियो 'बाबुआमालाई मनाउन सक्छु' भन्ने तिमी आफ्नो विश्वाससँग त्यही दिन हार्यौ जुन दिन बाबुआमाले मलाई स्वीकार्नु भएन

कती दु:खी थियौ है त्यो दिन तिमी तपोबनको एकान्तमा तिमी खुब रोएकी थियौ रुन सकेँ तिम्रो आँशु पुछ्न नै थाहा बिन्नी जब मनमा गहिरो चोट पर्दोरहेछ नि आँशुहरु आँखामै सुक्दा रहेछन, झर्न नसकेर त्यै भएको थियो त्यो दिन मलाई हातगोडा लगलग कामेका थिए,मनमा गाँठो परेको जस्तो भएको थियो चिटचिट पसिना शरीरमा कम्पन लिएर मैले बल्लतल्ल सुनेको थिए तिमीले " बाबुआमाको चाहना अनुसार अरु कसै सँग बिहे गर्दैछु,मलाई माफ गर" है भनेकी बिन्नी तिमीले माफी किन माग्नु पर्थ्यो ? तिमी पनि दुखेकी थियौ नि होइन ? तिम्रो उदासी पनि लुकेको थिएन नि मबाट

त्यसदिन साँझ घर फर्किएर खुब रोएको थिएँ तिम्रो उदासीले मेरो उदासिनता झन् बढ्दै थियो होस हराए जस्तै भएको थिए रात कसरी कट्यो थाहै भएन बिहान तिमीले नै घरमा आएर झक्झक्याएर उठाएकी थियौ के भन्ने के नभन्ने, अनी के गर्ने के नगर्ने अलमल्ल परेको थिए या अर्थबेहोशीमा थिएँ तिमीले आफ्नो उदासी अनि आँशु कहाँ लुकाएर आएकी थियौ बिन्नी त्यो दिन?अघिल्लो दिनको उदासीको शेष सम्म थिएन तिम्रो अनुहारमा उही क्याम्पस पढ्दा खेरी कि बिन्नीलाई सामु पाएर झनै अवाक्क परे ''के सुतिराखेको, उठ फ्रेश हौ, सरप्रईज तिम्रो लागि'' तिम्रो यो वाक्यले मर्दै गरेको रहरहरु पुन: ब्युँझन खोजे मनमनै सोचेँ रातभरी रोएरै भए पनि बाबुआमालाई मनाईन् कि ?

उठेर घरबाट निस्किएँ तिमीले फटाफट स्कुटर स्टार्ट गर्दै ''बस'' भन्दा यन्त्रवत हुँदै बसेँ तिमीले स्कुटर घुमाएर सिधै आफ्नै घर तर्फको बाटो लियौ अघि ब्युँझेका आशाहरुले जरा हाल्दै गए एकातिर भने अर्कातिर मनभित्र एक तमासाको चिसो पस्यो कतै केही नराम्रो हुने पुर्वाभाष थियो सायद सुनसान थियो तिम्रो घर घरमा कोही नहुँदा तिमीले मलाई किन आफ्नो घर लग्यौ होला यती सोच्दा नसोच्दै तिमीले भन्यौ 'तिमी बस्दै गर, एकैछिनमा आउँछु '' मलाई तिम्रो कोठामा पुर्याएर तिमी त्यहाँबाट निस्कियौ भाव शुन्य अनि विचार शुन्य बनेर मुर्तिवत तिमीले जहाँ छोडेर गएकी थियौ त्यहीँ जड भएँ   खै कुन्नी कती बेरपछी भर्खरै नुहाएको कपाल सहित तिम्रो अर्थनग्न उपस्थितिले भित्र हलचल मचायो   केहिपछी मात्र आफुलाई होसमा पाएँ


''श्लोक, मेरा बाबुआमा मसँग खुसी हुनुहुन्छ,कारण मैले उहाँहरुले भनेझैँ बिहे गर्न तयार भएँ मेरा बाबुआमाको चाहना अनुसार कहाँको को हो, को हो सँग बिहे गर्दैछु तिमीलाई अनि आफैलाई धोका दिन चाहन्न हामी एक अर्कालाई चाहन्छौ यो अकाट्य सत्य हो हाम्रो बिहे हुँदैन यो अर्को त्यस्तै अकाट्य सत्य यही सत्यहरु बिचको अर्को एक सत्य हो हामी एक अर्कालाई चाहन्छौँ आज एकै दिन किन नहोस् तर तिमीमा पूर्ण समाहित हुन चाहन्छु आजसम्म सजाएका सपनाहरु साकार पार्न चाहन्छु, भन के तिमी मेरो साथ दिन्छौ? '' जहाँको त्यहीँ उभिएर निर्मिमेष तिमीलाई हेर्दै थिएँ तिमीमा एकाएक आएको परिवर्तन अनी तिम्रो फेरिएको रुप तर त्यो रुपमा कुनै उग्रता थियो रोष नै, थियो केवल सविनय अनुरोध चाहना मात्र

 बिन्नी,हाम्रो प्रेम आत्मिक थियो यसमा दुई मत छैन तर, त्यसरी बन्द कोठामा तिमीले अर्धनग्न अवस्थामा आफुलाई मप्रति समर्पण गर्यौ भित्र हुण्डरी मच्चियो सायद आफुलाई सम्हाल्न सकिन तिमीलाई सम्हाल्न   आफ्नो चाहना मेटाए तिम्रो समर्पणको खातिर तयार रहेकी तिमीलाई........मैले नजिकैको फूलदानीले टाउकामा कुन बेला कसरी  हान्न भ्याएँ...हेर बिन्नी जीवन कती नाटकीय रहेछ

यो दुनियाँ भुलेर तिम्रो दुनियाँमा रमाउँन चाहन्छु बिन्नी,मलाई नभुल्नु है अनि पर्खनु पनि है,त्यतिन्जेलसम्म जब सम्म आउँदिन

तिम्रो श्लोक